शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

अदालतले के आधारमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाऊ भन्यो, त्यसको जवाफ दिनु पर्छ : मन्त्री झाँक्री

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १३ २०७९
अदालतले के आधारमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाऊ भन्यो, त्यसको जवाफ दिनु पर्छ : मन्त्री झाँक्री

सहरी विकास मन्त्रालयले गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री झाँक्रीले अदालत र त्यसमा पनि न्यायाधीशहरूले के आधारमा यस्तो निर्णय गरेका हुन् भनेर थाहा पाउन नसकिएको बताइन्। 

काठमाडौं- सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल के आधारमा नबनाऊ भनेको हो त्यसको जवाफ दिनु पर्ने बताएकी छन्। संसारभर जमिनमा कस्ता विमानस्थल बनेका छन् त्यसबारे जानकारी राख्नुपर्ने उनको भनाइ छ।

अदालतको विमानस्थल नबनाउन आदेश दिँदै गर्दा त्यो के आधारमा भनेको हो अब खोजी गर्नुपर्ने अवस्था आएको उनले बताइन्। 

'संसारमा ठूला विमानस्थलहरू बनेका छन्, हामीले पनि त्यो बनाउनुपर्छ,' उनले भनिन्, 'सरकारले निहित स्वार्थका भरमा रूख भनेर बुट्यान मात्र काट्न खोजेको हो कि, अरू केही छ? होइन भने यो निर्णय कसरी भयो भनेर सबैले खोज्नु पर्छ।'

सहरी विकास मन्त्रालयले गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री झाँक्रीले अदालत र त्यसमा पनि न्यायाधीशहरूले के आधारमा यस्तो निर्णय गरेका हुन् भनेर थाहा पाउन नसकिएको बताइन्। 

निजगढ विमानस्थल नबनाउन मुद्दा हाल्लेहरूले पनि के आधारमा त्यसो गरे भन्ने बारेमा पनि खोजबिन हुनुपर्ने उनको भनाइ छ। 

प्रकाशित : शुक्रबार, जेठ १३ २०७९०४:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend