शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

जति धरै बैंक तथा वित्तीय संस्था हुन्छन् त्यति नै पुँजी छरिएर जान्छ : हृदेश त्रिपाठी

बिहीबार , जेठ १२ २०७९
जति धरै बैंक तथा वित्तीय संस्था हुन्छन् त्यति नै पुँजी छरिएर जान्छ : हृदेश त्रिपाठी

‘नेपालको विकासमा पुँजीको समस्या होइन। छरिएर गएको पुँजीको समस्या हो। पुँजी अत्यन्तै छरिएर गएको छ'

काठमाडौं- सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल भइरहेको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखिरहेका छन्। 

छलफलकै क्रममा सांसद हृदेश त्रिपाठीले बैंक तथा वित्तीय संस्थालाई मर्जर गरेर सीमिति संंख्यामा झानुपर्ने नीति लिन आवश्यक रहेको बताएका छन्। उनले बैंक तथा वित्तीय संस्था धेरै भएकै कारण देशको पुँजी छरिएको बताएका छन्। 

‘नेपालको विकासमा पुँजीको समस्या होइन। छरिएर गएको पुँजीको समस्या हो। पुँजी अत्यन्तै छरिएर गएको छ,’ उनले भने।

उनले जर्मनी विश्वको छैठौँ बलियो अर्थतन्त्र भनेर चिनिने र त्यहाँ ६ वटा बैंकले काम गरिरहेका विषय राख्दै नेपालमा बैंक तथा वित्तीय संस्था मर्जरको नीति लिन आवश्यक रहेको बताए। 

‘हामीकहाँ ३ दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्था छन्। यी बैंक तथा वित्तीय संस्थाहरुले पुँजीलाई औद्योगीकरण गर्न रोकेका छन्। अर्को आयातमुखी आर्थिक गतिविधिहरुलाई प्रोत्साहन गरेको छ', उनले भने 'उत्पादनमुखी लगानीमा उदासिनता देखाएको छ। यसको समस्या समाधानका लागि मर्जरमा जानु पर्छ। सीमिति संख्यामा झार्नु पर्छ। हैन भने हाम्रो देशको पुँजीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले छर्छन।’


प्रकाशित : बिहीबार , जेठ १२ २०७९०८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend