सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ग्यास चुलो लिने, इन्डक्शन दिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ११ २०७९
images
images
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ग्यास चुलो लिने, इन्डक्शन दिने

'घर–घरमा रहेका ग्यासका सिलिण्डर लिने र इन्डक्शन चुलो दिने निर्णय गरेका छौँ' गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भने। 

images
images

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुलो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै चार हजार ६०० घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुलो प्रतिस्थापन गर्दै इन्डक्शन चुलो वितरण गर्ने योजना अगाडि सारेको हो ।

images
images

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्शन चुलो वितरण गर्ने पहिलो निर्णय गरेका छन् । 

images
images

'घर–घरमा रहेका ग्यासका सिलिण्डर लिने र इन्डक्शन चुलो दिने निर्णय गरेका छौँ' गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भने। 

images
images
images

कालीगण्डकीलाई धुँवारहित पालिका बनाउने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गर्दै उनले विद्युत्को प्रयोगमा जोड दिइएको बताए। 

यसअघि वडा नं ५ को दलित समुदायमा इन्डक्शन चुलो परीक्षणका रूपमा वितरण गरिएको थियो । उक्त कार्यक्रम प्रभावकारी भएसँगै यसपटक पूरै गाउँपालिकाभरि नै इन्डक्शन चुलो वितरण गर्ने योजना अगाडि सारिएको हो । गाउँपालिकाले विद्युत्को पहुँच सबै घरधुरीमा पुर्‍याउन न्यूनतम विद्युतीय महसुल भुक्तानी गर्दै आएको छ । यसअघि पनि गाउँपालिकाले न्यूनतम २० युनिटसम्म विद्युत् महसुल निःशुल्क गरेको थियो । रासस


प्रकाशित : बुधबार, जेठ ११ २०७९०६:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend