शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

राष्ट्र बैंककामा दुई सञ्चालक समिति सदस्य नियुक्त 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ११ २०७९
राष्ट्र बैंककामा दुई सञ्चालक समिति सदस्य नियुक्त 

शिवाकोटी वर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त हुँदा गभर्नरका आकांक्षी थिए।

काठमाडौं- सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा दुईजनालाई नियुक्त गरेको छ। 

खाली रहेको ठाउँमा सरकारले चिन्तामणि शिवाकोटी र शंकरप्रसाद आचार्यलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यी दुईजनालाई सदस्यमा नियुक्त गरेको हो। 

सदस्य नियुक्त भएका आचार्य नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् भने शिवाकोटी पूर्वडेपुटी गभर्नर हुन्। 

शिवाकोटी वर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त हुँदा गभर्नरका आकांक्षी थिए। नेकपा एमाले निकट मानिने शिवाकोटीले त्यतिबेला नियुक्ति पाएका थिएनन्। 

वर्तमान सरकारले शिवाकोटीलाई सञ्चालक समिति सदस्य नियुक्त गरेको हो। 

राष्ट्र बैंकमा सञ्चालक समिति सदस्य नियुक्त नहुँदा मौद्रिक नीतिको तेस्रो त्राइमासिक समीक्षासमेत प्रभावित भएको थियो। 


प्रकाशित : बुधबार, जेठ ११ २०७९०६:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend