काठमाठौं- बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेर ९८ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। बुधबारका लागि चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।