काठमाडौं- आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेकी छिन्।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको २०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको थियो।
नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना, उच्च आर्थिक वृद्धिलगायतको लक्ष्य लिइएको छ। सरकारले नीति तथा कार्यक्रम अनुसार नै आगामी आर्थिक वर्षका लागि यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ।
यस्तो छ नीति तथा कार्यक्रम