शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

बिजुली महसुल घटाउँदै ग्यास सिलिन्डर विस्थापन गरिने

मंगलबार, जेठ १० २०७९
बिजुली महसुल घटाउँदै ग्यास सिलिन्डर विस्थापन गरिने

सरकारले भान्सामा इन्डक्सन चुलो अभियानलाई समेत अगाडि बढाउने भएको छ। 

काठमाडौं- सरकारले खाना पकाउने ग्यासको विस्थापनका लागि विद्युतको महसुल दरमा पुनरावलोकन गर्ने भएको छ।

संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन्।

विपन्न वर्गलाई नि:शुल्क विद्युत मिटर वितरण गर्ने घोषणासमेत नीति तथा कार्यक्रममार्फत सरकारले गरेको छ।

गत आइतबारमात्रै नेपाल आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ वृद्धि गर्दै १८०० रुपैयाँ बनाएको थियो।

सरकारले भान्सामा इन्डक्सन चुलो अभियानलाई समेत अगाडि बढाउने भएको छ। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend