शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

बुढीगण्डकी र पश्चिमसेती आयोजनालाई मुख्य प्राथमिकता

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
बुढीगण्डकी र पश्चिमसेती आयोजनालाई मुख्य प्राथमिकता

काठमाडौं- सरकारले चालु आर्थिक वर्षभित्रै १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना र ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनालाई विशेष प्राथमिकता दिइने भएको छ।

बुढीगण्डकी आयोजना सरकारले स्वदेशी लगानीमा निर्माण गर्ने र पश्चिमसेती आयोजनामा विदेशी लगानी खोजी गर्नेगरी काम अगाडि बढाउने सरकारले नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको हो। संसदमा नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बुढीगण्डकी आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेकी हुन्। 

सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना पश्चिम सेती परियोजना निर्माणमा अझै अन्योल कायमै भइरहेका बेला सरकारले नीति तथा कार्यक्रम मार्फत चालु वर्षमा नै निर्माण सुरु गर्ने घोषणा गरेको हो। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९११:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend