शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

बुढीगण्डकी र पश्चिमसेती आयोजनालाई मुख्य प्राथमिकता

images
बिजनेस न्युज
images
images
बुढीगण्डकी र पश्चिमसेती आयोजनालाई मुख्य प्राथमिकता
images
images

काठमाडौं- सरकारले चालु आर्थिक वर्षभित्रै १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना र ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनालाई विशेष प्राथमिकता दिइने भएको छ।

images
images
images

बुढीगण्डकी आयोजना सरकारले स्वदेशी लगानीमा निर्माण गर्ने र पश्चिमसेती आयोजनामा विदेशी लगानी खोजी गर्नेगरी काम अगाडि बढाउने सरकारले नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको हो। संसदमा नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बुढीगण्डकी आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेकी हुन्। 

images

सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना पश्चिम सेती परियोजना निर्माणमा अझै अन्योल कायमै भइरहेका बेला सरकारले नीति तथा कार्यक्रम मार्फत चालु वर्षमा नै निर्माण सुरु गर्ने घोषणा गरेको हो। 

images

images

प्रकाशित : मंगलबार, जेठ १० २०७९११:४३
प्रतिक्रिया दिनुहोस