शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

तीन आन्तरिक विमानस्थलमा नयाँ टर्मिनल निर्माण थालनी हुने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
तीन आन्तरिक विमानस्थलमा नयाँ  टर्मिनल निर्माण  थालनी हुने

आगामी वर्षदेखि धनगढीलाई थपेर निर्माणको काम अघि बढाउने भएको छ। यसका लागि बजेटमा व्यवस्था हुने छ। 

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षदेखि तीनवटा आन्तरिक विमानस्थलमा आधुनिक तथा सुविधा सम्पन्न टर्मिनल भवनको निर्माण थालनी गर्ने भएको छ। 

आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगर, नेपालगञ्ज तथा धनगढी विमानस्थलमा सुविधासम्पन्न टर्मिनल भवन बनाएर गुणस्तरीय हवाइ सेवाको प्रत्याभूति गरिने घोषणा गरेकी छन्। 
विराटनगर र नेपालगञ्जको टर्मिनल बनाउनका लागि यसअघि नै अध्ययन भएपनि बजेट अभाव भन्दै सरकारले आयोजना अघि बढाएको थिइन। 

आगामी वर्षदेखि धनगढीलाई थपेर निर्माणको काम अघि बढाउने भएको छ। यसका लागि बजेटमा व्यवस्था हुने छ। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९११:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend