शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

काठमाडौं महानगरमा अनलाइनबाट कर तिर्न सकिने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २४ २०७८
काठमाडौं महानगरमा अनलाइनबाट कर तिर्न सकिने

काठमाडौं महानगरपालिकामा आफ्नो सम्पत्ति तथा व्यवसाय बापतको कर अनलाइन प्रणालीबाट भुक्तानी गर्न सकिने भएको छ।

काठमाडौं- काठमाडौं महानगरपालिकामा आफ्नो सम्पत्ति तथा व्यवसाय बापतको कर अनलाइन प्रणालीबाट भुक्तानी गर्न सकिने भएको छ।

यसका लागि सबैभन्दा पहिला व्यवसाय दर्ता भएको वडा कार्यालयमा गइ करदाता नम्बर लिनुपर्छ। करदाता संकेत नम्बर वडाको राजस्व सफ्टवेयरमा दर्ता गराएपछि अनलाइनबाट कर तिर्नका लागि बाटो खुल्छ।

नम्बर लिएपछि  https://eservice.kathmandu.gov.np मा जानुपर्छ।

बाँकी प्रक्रिया यस्ता छन्:                          

१ नयाँ प्रयोगकर्ता ? "यहाँ दर्ता गर्नुहोस्" मा क्लिक गर्ने

२  करदाता पोर्टलको आवश्यक विवरण भर्ने

३  इमेल वा मोबाइल नम्बरमा आएको ओटिपी कोड करदाता पोर्टलमा भर्ने

४ 'आफ्नो सुरक्षित पासवर्ड राखी दर्ता गर्नुहोस्" मा क्लिक गर्ने

५ पुन: फोन वा इमेलमा प्राप्त भएको ओटिपी कोड राखेर गरी सबमिट गर्ने

६ लगइन गर्नका लागि युजरनेम को ठाउँमा नयाँ आन्तरिक संकेत(वडा कार्यालयबाट लिएको संकेत नम्बर वा आन्तरिक संकेत) राखेर  पासवर्ड राख्‍ने

७ लगइनपछि 'करदाता" मा क्लिक गर्ने

८ “भुक्तानी" मा क्लिक गर्ने

९ कर तिर्नका लागि आफूले चाहे अनुसारको सेवा प्रदायक (जस्तै इसेवा,कनेक्ट आइपिएस, फोनपे,खल्ती) छनोट गरेपछि सेवाप्रदायकको खाता लगइन गरेर भुक्तानी कन्फर्म गर्ने

यसरी राजस्व भुक्तानी गर्दा कुनै समस्या आएमा महानगरको इमेल [email protected] वा  ०१-५३६७३९० / ९८५१०४५०८८ नम्बरमा फोन गरेर जानकारी लिन सकिने छ।

 


प्रकाशित : आइतबार, साउन २४ २०७८०६:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend