शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

गाउँपालिकाका सबैलाई निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा

मंगलबार, जेठ १० २०७९
गाउँपालिकाका सबैलाई निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा

उनले यही आर्थिक वर्षभित्रै प्राविधिक अध्ययन गरी आगामी आवबाट लागु हुनेगरी पालिकाभरिका नागरिकलाई विद्युत महसुल छुट दिने पहिलो निर्णय गरेका हुन्।

फुङ्लिङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन पोमूले पालिकाभरिका नागरिकलाई विद्युत महसुल छुट गर्ने घोषणा गरेका छन्। सोमबार पदभार ग्रहण गर्दे उनले आगामी आर्थिक वर्षदेखि लागुहुने गरी नागरिकलाई निःशुल्क विद्युत उपल्ब्ध गराउने घोषणा गरेका हुन्।  

गाउँपालिकाभित्रका नागरिकले सामान्य बिजुलीको बिल तिर्न जिल्ला सदरमुकाम फुङ्लिङ आउनुपर्ने बाध्यता रहेको भन्दै त्यसबाट छुटकारा दिलाउन यस्तो निर्णय गरेको पोमूले बताए। यस्तै विद्युतीकरण हुन बाँकी रहेको गाउँमा पनि छिट्टै विद्युत विस्तार गर्ने उनले जानकारी दिए।  

“गाउँपालिकाभित्रका नागरिकले न्यूनतम विद्युत महसुल तिर्न पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता छ, अब सरकारी कार्यालय, उद्योग र संघ संस्थाबाहेकको विद्युत महसुल छुट हुनेछ”, उनले भने। करिब दुई हजार २०० घरधुरी रहेको यस गाउँपालिकालाई उज्यालो पालिका बनाउने योजना रहेको उनले बताए।  

उनले यही आर्थिक वर्षभित्रै प्राविधिक अध्ययन गरी आगामी आवबाट लागु हुनेगरी पालिकाभरिका नागरिकलाई विद्युत महसुल छुट दिने पहिलो निर्णय गरेका हुन्। रासस


प्रकाशित : मंगलबार, जेठ १० २०७९०६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend