शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

टाटा मोटर्सको दोश्रो ‘एक्सपिरियन्स जोन’ चितवनमा

सोमबार, जेठ ९ २०७९
टाटा मोटर्सको दोश्रो ‘एक्सपिरियन्स जोन’ चितवनमा

टाटा मोटर्सको यो दोश्रो एक्सपिरियन्स जोन हो।

नारायणगढ- नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले हालै मात्र चितवनमा टाटा मोटर्सको दोश्रो ‘एक्सपिरियन्स जोन’को सुरुवात गरेको छ। यस एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ राई सहित नेपाली चलचित्र कवड्डी टिमद्वारा गरिएको हो। 

यस टाटा मोटर्स एक्सपिरियन्स जोन चितवनस्थित सीजी ल्याण्डमार्कमा रहेको छ। टाटा मोटर्सको यो दोश्रो एक्सपिरियन्स जोन हो। यस अघि ललितपुरको पुल्चोकस्थित लाबिम मलमा पहिलो एक्सपिरियन्स जोनको सञ्चालनमा ल्याएको थियो। 

यस एक्सपिरियन्स जोनमा बजार प्रतिनिधिहरु मार्फत टाटा मोटर्सका गाडीहरुको बारेमा विस्तृत जानकारी लिन सकिनेछ। साथै टेस्ट ड्राइभको पनि व्यवस्था गरिएको छ। टाटा मोटर्सका ग्राहकहरुका लागि मात्र प्रिभिलेज्ड पार्किङको पनि सुविधा रहेको छ।

टाटा मोटर्सले ग्राहक सेवालाई अझै परिस्कृत र उत्कृष्ट बनाउने उदेश्यले सोरुमभन्दा बाहिरबाट पनि यस किसिमको सेवा दिन थालेको हो।


प्रकाशित : सोमबार, जेठ ९ २०७९१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend