शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

‘नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक’ घोषणा गर्दै सरकार

सोमबार, जेठ ९ २०७९
‘नेपाली उत्पादन तथा उपभोग  अभिवृद्धि अभियान दशक’  घोषणा गर्दै सरकार

सोहीअनुसार नेपाली कांग्रेका महामन्त्री गगनकुमार थापाले उद्योग विकासका कुनै एउटा अभियान सञ्चालन गर्नु पर्ने राय दिएका छन्।

काठमाडौं- सरकारले संसदमा आर्थिक वर्ष २०७९/८० लागि ल्याउने नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्दै छ। दुबै संदनको संयुक्त वैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्याक्रम प्रस्तुत गर्ने छिन्।

सोही नीति तथा कार्यक्रमा ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक’ समावेश हुने भएको छ। नीति तथा कार्यक्रममा बढ्दो आयातलाई प्रतिस्थापन गर्ने गरी नेपालमै उद्योगको विकास गरेर उत्पादन बढाउने लक्ष्य सरकारले लिएको छ।

सोहीअनुसार नेपाली कांग्रेका महामन्त्री गगनकुमार थापाले उद्योग विकासका कुनै एउटा अभियान सञ्चालन गर्नु पर्ने राय दिएका छन्। उनले उत्पादनशील क्षेत्रहरूमा आन्तरिक तथा वैदेशिक लगानीमा वृद्धि, साना तथा मझौला उद्यममा नव प्रवर्तन, सिपमुलक रोजगारी वृद्धि, नेपाली उत्पादनको बजार विस्तार, मूल्य शृङ्खला विकासमार्फत उत्पादन तथा उपभोगको वृद्धि र आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गरी समुन्नत अर्थतन्त्रको विकास गर्न नेपाली उद्योग, नेपालमै रोजगार, आफ्नो उत्पादन, आफ्नै व्यापारू भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक, २०७९/२०८९ सुरु हुने बताए।  यो अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने थापाको भनाइ छ।

nepse.PNG

यस कार्यक्रमका लागि कर तथा भन्सार महसुलमा छुट र निर्यात अनुदानमार्फत समयवद्ध रणनीतिक प्रवर्द्धन गर्नुका साथै प्रतिस्पर्धी सिप विकास, व्यावसायिक सहजीकरण, साझा भौतिक पूर्वाधार निर्माण र प्रयोग, नवीन प्रविधिमा पहुँच र आन्तरिकीकरण तथा प्रक्रियागत सरलीकरणलाई अविच्छिन्न रूपमा निरन्तरता दिइने थापाले बताए।

यसो गर्दा नेपालको बढ्दो व्यापार घाटा पनि कम हुँदै जाने  र देशमै रोजागरीको अवसर सिर्जना हुने उनले बताए। व्यापार घाटा कम गर्नकै लागि औधोगिक उत्पादनलाई बढाउँदै लैजानु पर्ने उनको भनाइ छ। यसबाट युवा पलायनलाई पनि रोक्न सकिने थापको भनाइ छ। साथै जीडीपीमा उद्योगको योगदान बढाउन पनि यसले सहयोग गर्ने थापाको भनाइ छ।


प्रकाशित : सोमबार, जेठ ९ २०७९०८:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend