शुक्रबार, चैत १६ गते २०८०    
images
images

९ महिनामा साढे २२ हजार कमर्सियल सवारी आयात, यस्तो छ वर्गअनुसारको तथ्यांक

images
images
९ महिनामा साढे २२ हजार कमर्सियल सवारी आयात, यस्तो छ वर्गअनुसारको तथ्यांक

९ महिनामा कमर्सियल अन्तर्गतका प्यासेन्जर र गुडस् क्यारियर दुवै वर्गका गरि २२ हजार ८ सय ३० वटा सवारी नेपाल भित्रिएका हुन्।  

images
images

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा साढे २२ हजारभन्दा बढी कमर्सियल सवारी आयात भएको छ। कमर्सियललाई प्यासेन्जर र गुडस् क्यारियरमा वर्गीकरण गरिएको छ। प्यासेन्जर वर्गमा बस, ट्रक, मिनिबस, माइक्रोबस, प्यासेन्जर भ्यान, प्यासेन्जर तीनपांग्रे छन् भने गुडस् क्यारियरमा ट्रक/टिपर, पिकअप, डेलिभरी भ्यान र कार्गो तीन पांग्रे रहेका छन्। 

images
images
images

९ महिनामा कमर्सियल अन्तर्गतका प्यासेन्जर र गुडस् क्यारियर दुवै वर्गका गरि २२ हजार ८ सय ३० वटा सवारी नेपाल भित्रिएका हुन्।  

images

साउनदेखि चैतसम्मको ९ महिनाको अवधिमा बस, ट्रक, मिनिबस, माइक्रोबस, प्यासेन्जर भ्यान, प्यासेन्जर तीनपांग्रे सवारी ११ हजार ३ सय ३३ वटा आयात भएको भन्सारको तथ्यांक छ। यी सवारीको आयात मूल्य २ अर्ब ८८ करोड रुपैयाँभन्दा धेरै छ। त्यस्तै उक्त संख्याको सवारी आयात हुँदा सरकारले १ अर्ब ९७ करोड रुपैयाँ राजस्व उठाएको थियो।

images
images

गत आर्थिक वर्ष २०७७/७८ मा यो सेगमेन्टका ७ हजार ९ सय १६ वटा मात्र सवारी आयात भएको थियो। १ अर्ब ८९ करोड रुपैयाँ बराबको उक्त संख्यामा सवारी आयात हुँदा सरकारले १ अर्ब ३५ करोेड रुपैयाँ राजस्व उठाउन सफल भएको थियो। 

चालु आवको ९ महिनामा ट्रक/टिपर, पिकअप, डेलिभरी भ्यान र कार्गो तीन पांग्रे सवारी ११ हजार ४ सय ९१ वटा आयात भएको हो। १३ अर्ब ४२ करोड रुपैयाँ मूल्यका यी सवारी आयात हुँदा सरकारले ११ अर्ब ४० करोड रुपैयाँ राजस्व संकगल गरेको हो। 

गत आव २०७७/७८ भरमा यही वर्गका १४ हजार ४ सय ३५ वटा सवारी आयात भएको थियो। १७ अर्ब ४५ करोड रुपैयाँ बराबरका यी सवारी आयात हुँदा सरकारले १३ अर्ब ४२ करोड रुपैयाँ राजस्व उठाउन सफल भएको थियो। 
गुडस् क्यारियरमा सबैभन्दा धेरै ट्रक/टिपर आयात भएको तथ्यांक छ। चालू आवको ९ महिनामा ३ हजार ३ सय ३५ वटा ट्रक/टिपर आएकोमा गत आव २०७७/७८ भर ४ हजार ९१ वटा आयात भएको थियो। त्यसै गुड्स क्यारियरमा सबैभन्दा धेरै पिकअप आयात भएको छ। गत आवभर ७ हजार ६ सय ८१ वटा पिकअप आयात भएकोमा चालु आवको ९ महिनामा ६ हजार १३ वटा पिकअप आयात भइसकेको भन्सारको तथ्यांक छ। 

नेपाली बजारमा आयात हुने पिकअप बाहेक सबैजासो कमर्सियल सवारी भारतबाट आयात हुने गरेको छ। पिकअप भने भारतबाहेक अन्य विभिन्न मुलुकबाट आयात हुँदै आएको छ। बस, ट्रक, मिनिबस/ट्रक, टिपर भने सबैजसो भारतबाटै आउने गरेको छ। नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने कमर्सियल सवारी टाटाको हो। टाटासँगै अशोक लेल्यान्ड, आइसर, महिन्द्रा, भारत बेन्जलगायत ब्रान्डका कमर्सियल सवारी बिक्री हुँदै आएको छ। 
पिअकपहरु प्यासेन्जरका कार र सामान बोक्ने साधनका रुपमा प्रयोग हुँदै आएको छ। सामान बोक्ने सिंगल क्यावदेखि विलाशी डबल क्याव पिकअप उपलब्ध रहेको छ। टाटा, टोयोटा, महिन्द्रा, इसुजु, मित्सुविसी, फोटोनलगायत ब्रान्डका पिकअप नेपाली बजारमा उपलब्ध रहेका छन्।

images

प्रकाशित : सोमबार, जेठ ९ २०७९०८:२८

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ