शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

बढ्यो हवाइ भाडा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ९ २०७९
बढ्यो हवाइ भाडा

यसरी इन्धन शुल्क बढ्दा यात्रुले तिर्ने भाडा पनि वृद्धि हुन्छ।

काठमाडौं- वायुसेवा कम्पनीहरुले आन्तरिक उडानको भाडा बढाउने भएका छन्। 

नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य बढाएपछि सोही अनुसार इन्धन शुल्क बढ्ने भएको छ। एयरलाइन्सका लागि भाडा नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरिदिएको हुन्छ। त्यसमा इन्धन शुल्क भने इन्धनको मूल्य अनुसार तलमाथि हुन्छ।

यसरी इन्धन शुल्क बढ्दा यात्रुले तिर्ने भाडा पनि वृद्धि हुन्छ।

वायुसेवा कम्पनीहरुले न्यूनतम काठमाडौं-सिमरा सय रुपैयाँ र सबैभन्दा धेरै काठमाडौं- धनगढीका लागि चार सय रुपैयाँ भाडा बढाउने भएका छन्।

बढेको भाडा जेठ ११ गतेदेखि लागू हुनेछ।  

 


प्रकाशित : सोमबार, जेठ ९ २०७९०६:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend