शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर ५.२४ र डिजल ९.५६ रुपैयाँ महँगो

सोमबार, जेठ ९ २०७९
भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर ५.२४ र डिजल ९.५६ रुपैयाँ महँगो

निगममा अनुसार तेल आयात हुने नाका विरगञ्जमा रक्सौलनको तुलनमा पेट्रोल ५ रुपैयाँ २३ पैसा र डिजलमा ९ रपैयाँ ५६ महँगो छ।

काठमाडौं- लामो सयमदेखि भारतमा भन्दा नेपालमा पेट्रोल र डिजले सस्तो थियो। तर अहिले त्यसको उल्टो भएको छ। भारतमा भन्दा नेपालमा पेट्रोल र डिजल सस्तो हुँदा चोरी निकासी हुन्छ भन्दै मूल्य नघटाउने आयाल निगमले अहिले भने भारतमा भन्दा महँगो मूल्यमा पेट्रोल डिजलको बिक्री मूल्य तय गरेको छ। निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो।

योसँगै नेपालमा पेट्रोलको मूल्य १ सय ८० रुपैयाँ र डिजल मट्टीतेल प्रतिलिटर १ सय ६३ रुपैयाँ (काठमाडौंं उपत्यका र आसपासमा)  बिक्री मूल्य तय भएको छ।

यसरी बिक्री गर्दा पनि निमले पेट्रोल र डिजलमा आफूहरुलाई घाटा रहेको बताएको छ। साथै निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाएर १ हजार ८ सय रुपैयाँ बनाएको छ। निगमले गरेको मूल्य वृद्धिको विरोध भइरहेको छ।

तर अहिले भारतमा भन्दा नेपालमा इन्धनको मूल्य बढी भएको छ। निगमका अनुसार तेल आयात हुने नाका विरगञ्जमा रक्सौलनको तुलनमा पेट्रोल ५ रुपैयाँ २३ पैसा र डिजलमा ९ रपैयाँ ५६ महँगो छ। रक्सौलमा पेट्रोल प्रतिलिटर १७४.७७ रुपैयाँ र डिजल  १५३.४४ रुपैयाँ पर्छ। तर विरगञ्जमा  प्रतिलिटर पेट्रोल १८० रुपैयाँ र डिजल १७३ रुपैयाँ पर्छ।

नेपालमा सस्तो हुँदा चोरी हुने  भारतमा सस्तो हुँदा चाहिँ चोरी नहुने हो भन्दै मूल्य वृद्धिको चर्को विरोध समेत भएको छ।


प्रकाशित : सोमबार, जेठ ९ २०७९०५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend