शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

आर्थिक समस्या समाधानका लागि सरकारले निजी क्षेत्रलाई विश्वास गर्नुपर्छ : ढकाल 

आइतबार, जेठ ८ २०७९
आर्थिक समस्या समाधानका लागि सरकारले निजी क्षेत्रलाई विश्वास गर्नुपर्छ : ढकाल 

'सबै काम सरकारले गरेर हुँदैन र सक्दैन पनि । निजी क्षेत्रजति प्रभावकारी पनि हुँदैन' उनले भने। बरु सरकार आफैले सबै काम गर्ने नाममा धेरै काम रोकिएको बताएका हुन्। 

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजीलाई विश्वास गर्नुपर्ने बताएका छन्।

पछिल्लो समय आर्थिक समस्या देखिन थालेको र यसबाट सरकार आत्तिन नहुने बताएका हुन्। महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले संकट समाधानका लागि सरकारले एक्लै समाधान गर्न नसक्ने बताए। 

'सबै काम सरकारले गरेर हुँदैन र सक्दैन पनि । निजी क्षेत्रजति प्रभावकारी पनि हुँदैन' उनले भने। बरु सरकार आफैले सबै काम गर्ने नाममा धेरै काम रोकिएको बताएका हुन्। 

'अहिले नै  नेपाल आयल निगमको घाटा २३ अर्ब पुग्यो। पेट्रोल आयात गर्ने पैसा उसँग छैन। यस्तोमा सरकारले नै पैसा दिनुपर्ने होला। कहिलेसम्म सरकारले यस्तो सहुलियत दिनुपर्ने हो' उनले भने,' मलदेखि तेलसम्म सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्नुपर्छ।'

प्रकाशित : आइतबार, जेठ ८ २०७९१३:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend