शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा

आइतबार, जेठ ८ २०७९
नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा
फाइल तस्बिर।

गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मंगलबार संघीय संसद्‍मा पेश हुने छ।

काठमाडौं-  सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू बैठक बसिरहेका छन्। 

गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मंगलबार संघीय संसद्‍मा पेश हुने छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्। 

त्यसदिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्तरूपमा बोलाइएको छ। अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेश हुनेछ। 


प्रकाशित : आइतबार, जेठ ८ २०७९०८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend