शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

अर्थशास्त्री स्वर्णिम वाग्लेको नयाँ किताब  'अतृप्त अवसर' सार्वजनिक 

आइतबार, जेठ ८ २०७९
अर्थशास्त्री स्वर्णिम वाग्लेको नयाँ किताब  'अतृप्त अवसर' सार्वजनिक 

किताबमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भूमिका लेखेका छन्। 

काठमाडौं- अर्थशास्त्री स्वर्णिम वाग्लेको नयाँ किताब 'अतृप्त अवसर' सार्वजनिक भएको छ। 

फाइनप्रिन्ट प्रकाशनले वाग्लेको नयाँ किताब सार्वजनिक गरेको हो। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका वाग्लेको किताब काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको छ। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा उषा झा, नेपाली कांग्रेसका महामन्त्री  गगनकुमार थापा र लेखक वाग्लेले किताब विमोचन गरेका हुन्। 

वाग्लेको यो किताब सममासायिक विषयमा लेखिएका अखबारी लेख तथा अन्तर्वार्ताको संगालो हो। 

FTCwwTRagAMWFUy.jpg

२०७४ सालमा तत्काली नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछिको अवस्थामा देशका आर्थिक, प्रशासनिक तथा राजनीतिक विषयमा रहेर लेखिएका लेखहरुलाई एकीकृत गरि पुस्तकको रुप दिइएको लेखक वाग्लेले जानकारी दिए। 

'केपी नेतृत्वको सरकारले राजनीतिक रुपमा अनुकूल वातावरण पाएको थियो। त्यस्तो अवसर नेपालमा बिरलै सरकारले पाउँछन्। त्यस्तो समयमा पनि देखिएका शासकीय असक्षमतालाई झल्काउने लेखहरु किताबमा समावेश छन्' उनले भने। 

किताबमा तत्कालीन मसयमा विषयमा मात्र नभएर रणनीतिक तथा दीर्घकालीन विषयमा गरिएको विश्लेषणात्मक सामग्री पनि समावेश भएको वाग्लेको भनाइ छ। 

किताबमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भूमिका लेखेका छन्। 


प्रकाशित : आइतबार, जेठ ८ २०७९०८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend