शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

लुम्बिनीमा रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ ८ २०७९
लुम्बिनीमा रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध

ढलेका रुख हटाएर प्रशारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ।

जाजरकोट- लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। शनिबार बेलुकी चलेको हावाहुरीले रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो।

आज बिहानदेखि उक्त ढलेका रुख हटाएर प्रशारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ। १३३ केभी प्रशारण लाइन निर्माण गर्न ढिलाइ हुँदा हावाहुरी चल्नेवित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गर्दछ। गएरातिदेखि सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र दैलेखमा विद्युत् सेवा अवरुद्ध भएको छ। 

राति रुख ढलेका कारण विद्युत् समस्या भएको स्थान पत्ता लगाउन मुस्किल भएको प्राधिकरणले बताएको छ। लुम्बिनी प्रदेशको कोहलपुर हुँदै कर्णाली प्रदेशमा विद्युत् प्रशारण लाइन आउने गर्दछ। विद्युतमा हुने समस्याले गर्दा काममा बाधा पुगेको सेवाग्रही बताउँछन्। रासस


प्रकाशित : आइतबार, जेठ ८ २०७९०६:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend