काठमाडौं- सातोको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ। शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारका लागि छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेर ९८ हजार रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने शुक्रबारको तुलनामा स्थिर छ। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको छ। शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।