शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

उपभोक्ता मूल्य बढेपछि भारतले पेट्रोलियम पदार्थको कर घटायो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ ८ २०७९
उपभोक्ता मूल्य बढेपछि भारतले पेट्रोलियम पदार्थको कर घटायो

अन्तर्राष्ट्रिय बजारको मूल्य बाहेक आन्तरिक करका कारणले गर्दा उपभोक्ता मूल्य बढ्ने गर्छ।

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य आकासिएपछि भारत सरकारले उपभोक्तलाई राहत दिन भन्दै कर घटाएको छ। 

भारतको केन्द्रीय सरकारले उपभोक्तालाई राहत दिनका लागि भन्दै पेट्रोल र डिजेलमा लाग्दै आएको अन्त:शुल्क घटाएको हो। 

भारतको केन्द्रीय सरकारले पेट्रोलमा प्रतिलिटर ८ भारु र डिजेलमा ६ भारु अन्त:शुल्क घटाएको हो। त्यस्तै खाना पकाउने ग्यासमा प्रति सिलिन्डर दुई सय भारु सहुलियतको घोषणा भारत सरकारले गरेको छ। 

अन्तर्राष्ट्रिय बजारको मूल्य बाहेक आन्तरिक करका कारणले गर्दा उपभोक्ता मूल्य बढ्ने गर्छ। नेपालमा पनि सरकारले प्रति लिटर ६० रुपैयाँदेखि ७० रुपैयाँसम्म कर उठाउँदै आएको छ। 

नेपालमा पनि सरकारले कर घटाएर मूल्य सस्तो बनाउनुपर्ने आवाज उठ्दै आएको छ। यद्यपि नेपाल सरकारका लागि राजस्वको मुख्य स्रोत नै यही भएकाले घटाउन कठिन छ। 


प्रकाशित : आइतबार, जेठ ८ २०७९०५:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend