शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

मर्सिडिज बेन्जले मेब्याकभन्दा पनि प्रिमियम ‘माइथोस’ सिरिज ल्याउने 

images
images
images
मर्सिडिज बेन्जले मेब्याकभन्दा पनि प्रिमियम ‘माइथोस’ सिरिज ल्याउने 

माइथोस सिरिजका कार कहिलेबाट उत्पादन सुरु हुन्छ भन्नेबारे भने मर्सिडिजले केही खुलाएको छैन।

images
images

काठमाडौं- जर्मन सवारी उत्पादक कम्पनी मर्सिडिज बेन्ज विश्वभर विलाशी कार उत्पादकका रुपमा चर्चित छ। विभिन्न सिरिजका विलाशी कार उत्पादन गर्दै आएको मर्सिडिजले मर्सिडिज मेब्याक सब ब्रन्ड ल्याएको थियो। अब भने कम्पनीले मेब्याकभन्दा पनि विलाशी अल्ट्रा क्जिरियस सिरिज माइथोस ल्याउने भएको छ। 

images
images
images

मर्सिडिज बेन्जले नयाँ विलाशी सिरिज सार्वजनिक गर्ने क्रममा माइथोस सिरिजमा निक्कै काम संख्यामा कार बनाउने जनाएको छ। यो सिरिजका कार मर्सिडिजका कार प्रति ज्यादै रुची राख्ने र मर्सिडिजका कार संकलन गरेर राख्नेहरुलाई लक्षित गरि उत्पादन हुनेछ। 

images

माइथोस सिरिजका कार कहिलेबाट उत्पादन सुरु हुन्छ भन्नेबारे भने मर्सिडिजले केही खुलाएको छैन। मर्सिडिजले हाल उत्पादन गरिरहेका कारमध्ये ७५ प्रतिशतलाई अधिक विलाशीमा परिणत गरिने योजना रहेको कम्पीले जनाएको हिन्दुस्तान टाइम्सले लेखेको छ। मर्सिडिजले अब ‘इन्ट्रि लक्जिरी’को उत्पादन भने घटाउँदै लागे संकेत गरेको छ। योसँगै मर्सिडिजले उल्ट्रा प्रिमियम कारको बिक्री ६० प्रतिशत पुग्ने पनि बताएको छ। 

images

मर्सिडिज बेन्जले टप-इन्ड लिक्जरी, कोर लक्जरी र इन्ट्रि लक्जरी गरि तीन वर्गमा कार उत्पादन गर्ने छ। हाल मर्सिडिजले मर्सिडिज-एएमजी र मर्सिडिज मेब्याक ब्रान्डमा विलाशी कार उत्पादन गर्दै आएको छ। मर्सिडिजले महँगो मोडलका रुपमा मर्सिडिज इक्यू, इक्यूएस र इक्यूएस एसयूभी समेत सार्वजनिक गरेको छ। 

images
images

त्यस्तै मर्सिडिज बेन्जले एस-क्लास, जी-क्लास सिरिजका साथै जीएलएसमा पूर्णविलाशी कार उत्पादन गरिरहेको छ। त्यस्तै कोर विलाशी सेगमेन्टमा सी-क्लास र इ-क्लास सिरिजमा कार उत्पादन भइरहेको छन्। इन्ट्रिलेवल सेगमेन्टका लागि मर्सिडिज बेन्जले २०२४ मा नयाँ अप्रेटिङ सिस्टम सार्वजनिक गर्ने बताएको छ। 

images

प्रकाशित : शनिबार, जेठ ७ २०७९०८:४७

प्रतिक्रिया दिनुहोस