शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

बैशाखमा घट्यो आयात, मोटरसाइकलकै आयातमा गिरावट 

शुक्रबार, जेठ ६ २०७९
बैशाखमा घट्यो आयात, मोटरसाइकलकै आयातमा गिरावट 

बैशाखसम्म कूल १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँको आयात भएको छ। यो गत वर्षको यही अवधिको तुलनामा २७ प्रतिशतले धेरै हो। 

काठमाडौं- वैशाखमा आयातमा केही कमी आएको छ। विदेशी विनिमयको सञ्चितिमा गिरावट आएको भन्दै सरकारले दुई सय बढी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। 

सरकारले आयात प्रतिबन्ध लगाएको पहिलो महिना नै आयात घटेको हो। भन्सार विभागको तथ्यांक अनुसार चैतको तुलनामा वैशाखमा २० अर्ब रुपैयाँको आयातमा कमी आएको छ। 

सरकारले वैशाखमा आयात प्रतिबन्ध लगाउनुभन्दा पहिले नै राष्ट्र बैंकको निर्देशन अनुसार केही वस्तुको आयातका लागि एलसी खोल्न बन्द गरिएको थियो। सोही नीतिको प्रभाव स्वरुप वैशाखमा आयातमा केही कमी आएको हो। 

बैशाखसम्म कूल १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँको आयात भएको छ। यो गत वर्षको यही अवधिको तुलनामा २७ प्रतिशतले धेरै हो। 

वैशाखसम्मको अवस्थामा एमएस बिलेट, गहुँ, मोटरसाइकलको आयातमा कमी आएको छ। त्यस्तै चिनी,डीएपी मल, सिमेन्ट क्लिंकर, धान लगायतका वस्तुको आयातमा कमी आएको छ। 

डिजेल, पाम तेल, भ्याक्सिन तथा औषधि, खाना पकाउने ग्यास, सुन र भटमासको तेलको आयात भने अझै बढी रहेको छ। 


प्रकाशित : शुक्रबार, जेठ ६ २०७९१३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend