सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

बैशाखमा घट्यो आयात, मोटरसाइकलकै आयातमा गिरावट 

images
शुक्रबार, जेठ ६ २०७९
images
images
बैशाखमा घट्यो आयात, मोटरसाइकलकै आयातमा गिरावट 

बैशाखसम्म कूल १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँको आयात भएको छ। यो गत वर्षको यही अवधिको तुलनामा २७ प्रतिशतले धेरै हो। 

images
images

काठमाडौं- वैशाखमा आयातमा केही कमी आएको छ। विदेशी विनिमयको सञ्चितिमा गिरावट आएको भन्दै सरकारले दुई सय बढी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। 

images
images

सरकारले आयात प्रतिबन्ध लगाएको पहिलो महिना नै आयात घटेको हो। भन्सार विभागको तथ्यांक अनुसार चैतको तुलनामा वैशाखमा २० अर्ब रुपैयाँको आयातमा कमी आएको छ। 

images
images

सरकारले वैशाखमा आयात प्रतिबन्ध लगाउनुभन्दा पहिले नै राष्ट्र बैंकको निर्देशन अनुसार केही वस्तुको आयातका लागि एलसी खोल्न बन्द गरिएको थियो। सोही नीतिको प्रभाव स्वरुप वैशाखमा आयातमा केही कमी आएको हो। 

images
images
images

बैशाखसम्म कूल १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँको आयात भएको छ। यो गत वर्षको यही अवधिको तुलनामा २७ प्रतिशतले धेरै हो। 

वैशाखसम्मको अवस्थामा एमएस बिलेट, गहुँ, मोटरसाइकलको आयातमा कमी आएको छ। त्यस्तै चिनी,डीएपी मल, सिमेन्ट क्लिंकर, धान लगायतका वस्तुको आयातमा कमी आएको छ। 

डिजेल, पाम तेल, भ्याक्सिन तथा औषधि, खाना पकाउने ग्यास, सुन र भटमासको तेलको आयात भने अझै बढी रहेको छ। 


प्रकाशित : शुक्रबार, जेठ ६ २०७९१३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend