शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

मर्सिडिजले बिक्री गर्‍यो संसारकै महँगो कार 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ६ २०७९
मर्सिडिजले बिक्री गर्‍यो संसारकै महँगो कार 

यसअघि संसारकै महँगो कारको रेकर्ड फेरारीको थियो। सन् २०१८ मा १९६३ फेरारी २५० जीटीओ कार ७ करोड अमेरिकी डलरमा बिक्री भएको थियो। 

काठमाडौं- जर्मन कार निर्माता कम्पनी मर्सिडिज बेन्जले संसारकै मूल्यवान कार बिक्री गर्ने रेकर्ड राखेको छ। कम्पनीले १४ करोड २० लाख अमेरिकी डलरमा एउटा कार बिक्री गरेको हो। 

मर्सिडिजले नयाँ कार बिक्री गरेको भने होइन। यो क्लासिक कलेक्सनबाट बिक्री गरेको हो। कम्पनीसँग यस्ता कार दुईवटा थिए। त्यसबाट एउटा बिक्री गरेको हो। 

दुर्लभमध्येको कार कलेक्सनबाट मर्सिडिजले बिक्री गरेको हो। बोलकबोलको माध्यमबाट एकजना निजी व्यक्तिलाई कार बिक्री गरिएको कम्पनीले जानकारी गराएको छ। यो कार सन् १९५५ को हो। 

300-SLR-Uhlenhaut-Coupe-2238-default-large.jpeg

कार बिक्रीबाट आएको रकमलाई कल्यानणकारी कोषमा जम्मा गरिने र त्यसबाट खर्च गरिने कम्पनीले जानकारी गराएको छ। मर्सिडिजको ग्लोबल छात्रवृत्ति कोषबाट खर्च गर्ने जानकारी दिएको छ। 

यसअघि संसारकै महँगो कारको रेकर्ड फेरारीको थियो। सन् २०१८ मा १९६३ फेरारी २५० जीटीओ कार ७ करोड अमेरिकी डलरमा बिक्री भएको थियो। 

मर्सिडिजको ३०० एसएलआर हेलनट कार ६७ वर्ष पुराको कार हो। 

b7727e81bf7bc4bbcf9e3ce129e7c6fe.jpg


प्रकाशित : शुक्रबार, जेठ ६ २०७९०४:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend