शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

किसानलाई सबल बनाउने बजेटको खोजीमा सांसद

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ५ २०७९
किसानलाई सबल बनाउने बजेटको खोजीमा सांसद

त्यस्तै केही सांसदले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा रहेको भन्दै त्यसलाई विशेष ध्यान दिनुपर्ने बताए।

काठमाडौं- सबै स्थानीय तहमा किसानलाई सबल बनाउने खालको कार्यक्रम ल्याउन जरुरी रहेकामा सांसदहरूले जोड दिएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै सांसदहरूले किसानका उत्पादनलाई बजारीकरण गर्न, भूउपयोग नीति अगाडि बढाउन र बाँझो जमीनको उपयोगमा ध्यान दिन सरकारलाई सुझाव दिए।

स्वास्थ्य र शिक्षालाई अलि बढी ध्यान दिन जरुरी रहेको भन्दै उनीहरुले शिक्षामा सामुदायिक शिक्षालाई बजेटले सम्बोधन गर्नुपर्ने, दुर्गममा पनि अस्पताल सञ्चालन गनुपर्नेमा जोड दिएका छन्।

आगामी बजेटले तय गरेका विषय ठीक भए पनि कार्यान्वयन जरुरी रहेको स्पष्ट पार्दै उनीहरुले उत्पादन बढाउनका लागि मल, बीउ र सिँचाइको राम्रो प्रबन्ध गर्नुपर्ने धारणा राखे।

त्यस्तै केही सांसदले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा रहेको भन्दै त्यसलाई विशेष ध्यान दिनुपर्ने बताए। श्रीलङ्का सङ्कटबाट नेपाल सरकारले सिक्नुपर्नेमा जोड दिँदै उहाँहरुले समस्याको समाधानका लागि तत्काल पहल गर्नुपर्ने बताए।

सरकारी निकायलाई कुनै पनि प्रकारको हस्तक्षेप नगरी काम गर्ने वातावरण बनाउनुपर्ने र लगानीमैत्री नीति बनाउनुपर्ने उनीहरुको तर्क छ।

सांसद नवराज सिलवाल, दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, मनकुमारी जिसी, सत्यनारायण खनाल, राजेन्द्र केसी, नारायणप्रसाद खतिवडा, बहादुरसिंह लामा, लालप्रसाद सावा लिम्बू र प्रकाश रसाइली स्नेहीलगायतले विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तका बारेमा आफ्ना सुझाव दिए।  

प्रतिनिधिसभाको अर्काे बैठक जेठ ६ गते शुक्रबार दिनको १ बजे बस्नेछ। 
–––


प्रकाशित : बिहीबार , जेठ ५ २०७९१२:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend