शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सांसद प्रमोद साहको सुझाव : ढुंगा गिट्टी निर्यात गरौं 

बिहीबार , जेठ ५ २०७९
सांसद प्रमोद साहको सुझाव : ढुंगा गिट्टी निर्यात गरौं 

पानी र पर्यटन बाहेक अहिले नेपालमा भएको ढुंगा गिट्टी तथा बालुवाको उपयोग हुन नसकेको उनको भनाइ छ। नेपालमा उपयोग नभएर खेर गइरहेको र अर्कोतिर आन्तरिक उपयोग नभएको उनको भनाइ छ। 

काठमाडौं- जनता समाजवादीका सांसद प्रमोद साहले नेपालले आर्थिक लाभ लिनका लागि प्राकृति स्रोत साधनको सदुपयोग गर्नुपर्ने सुझाव दिएका छन्। 

आगामी वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथि आफ्नो धारणा राख्दै साहले नेपालमा भएका तर अहिलेसम्म उपयोग नभएका अमूल्य स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने उनको भनाइ छ। 

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै साहले पानी, वनजंगल तथा स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने उनको सुझाव छ। सरकारले बजेट बनाउँदा यस्तै कार्यक्रम ल्याउनुपर्छ' उनले भने,'उद्योगको उत्पदकत्व बढाउने, उत्पादन बढाउने स्रोत साधनको अधिक उपयोग गरेर आर्थिक तथा रोजगारी सिर्जना गर्न सकिन्छ।' 

पानी र पर्यटन बाहेक अहिले नेपालमा भएको ढुंगा गिट्टी तथा बालुवाको उपयोग हुन नसकेको उनको भनाइ छ। नेपालमा उपयोग नभएर खेर गइरहेको र अर्कोतिर आन्तरिक उपयोग नभएको उनको भनाइ छ। 

'ढुंगा गिट्टीको उपयोग मात्र होइन यसलाई हामीले निर्यात गरेर विदेशी मुद्रा आम्दानी गर्नसक्छौं' उनले भने। 

प्रकाशित : बिहीबार , जेठ ५ २०७९०८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend