शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

बजेटका सिद्धान्त र प्राथमिकतामा 'ब्यान्डविथ' पुगेन : मिनेन्द्र रिजाल 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ५ २०७९
बजेटका सिद्धान्त र प्राथमिकतामा 'ब्यान्डविथ' पुगेन : मिनेन्द्र रिजाल 

त्यस्तै सत्तारुढ दलकै प्रतिनिधिले पनि प्रश्न उठाएका छन्। 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि बुधबारदेखि संसदमा त्यसमाथि छलफल भइरहेको छ। 

पूर्व बजेट छलफल भनिने यसमा सांसदहरुले सिद्धान्त तथा प्राथमिकतामाथि टिप्पणी गरिरहेका छन्। प्रतिपक्ष दल नेकपा एमालेका प्रतिनिधिहरूले आलोचना गरिरहेका छन्। 

त्यस्तै सत्तारुढ दलकै प्रतिनिधिले पनि प्रश्न उठाएका छन्। 

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले सरकारले ल्याएको सिद्धान्त र प्राथमिकताको ब्यान्डविथ नपुगेको बताएका छन्। पूर्वबजेट छलफलमा सहभागी हुँदै सिद्धान्त र प्राथमिकताले बजेट तथा कार्यक्रमले स्पष्ट र ठोस दिशानिर्देश गर्नुपर्ने बताए। 

'कुन क्षेत्रमा कसरी काम गरिन्छ। कार्यक्रम कसरी तय हुनेछन्। स्रोत परिचालन तथा आम्दानीको स्रोत कसरी व्यवस्था गरिन्छ। त्यसको सैद्धान्तिक आधार के हो? कम्तिमा यस्ता कुरा खुल्नुपर्ने थियो' उनले भने। 


प्रकाशित : बिहीबार , जेठ ५ २०७९०७:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend