शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

'प्री बजेट' छलफल : संसदमा एमालेले खोज्यो अर्थमन्त्री

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ५ २०७९
'प्री बजेट' छलफल : संसदमा एमालेले खोज्यो अर्थमन्त्री

अर्थमन्त्री तथा मन्त्रालयका प्रतिनिधि नहुँदासम्म अरु मन्त्रीले गम्भीरता साथ ध्यान दिन निर्देशन दिएका छन्। 

काठमाडौं- नेकपा एमालेका सचेतक विशाल भट्टराईले संसदमा सरकारका प्रतिनिधि खोजेका छन्। 

बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेको बेला अर्थमन्त्री, अर्थ मन्त्रालयका प्रतिनिधि तथा सरकारी पदाधिकारीहरू संसदमा अनुपस्थित भएपछि भट्टराईले उपस्थितिका लागि माग गरेका हुन्। 

भट्टराईले सो कुरा उठाएपछि सभामुखले अर्थमन्त्री तथा मन्त्रालयका प्रतिनिधि उपस्थित भएर नोट तथा टिपोट गर्न रुलिङ गरेका छन्। 

अर्थमन्त्री तथा मन्त्रालयका प्रतिनिधि नहुँदासम्म अरु मन्त्रीले गम्भीरता साथ ध्यान दिन निर्देशन दिएका छन्। 

एमालेमात्र नभइ सत्तारुढ नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले पनि अर्मथन्त्री उपस्थित हुनुपर्ने प्रचलन भएपनि नभएकोमा विरोध जनाएका छन्। 


प्रकाशित : बिहीबार , जेठ ५ २०७९०७:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend