आइतबार, असोज ६ गते २०८१    
images
images

अवैध सुनसहित एकजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ५ २०७९
images
images
अवैध सुनसहित एकजना पक्राउ

बिस्कुट आकारको तीन थान बनाइ जुत्ताभित्र लुकाइ ल्याएको उक्त सुनसहित फेला पारी पक्राउ गरेको हो। 

images
images

झापा- ३ सय ४९ ग्राम ७ सय मिलिग्राम अवैध सुनसहित एकजना पक्राउ परेका छन्। 

images
images
images

दमक नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-५ वतन भएका ३३ वर्षीय धिरेन्द्र जैसीलाई अवैध रुपमा लुकाई ल्याएको ३ सय ४९ ग्राम ७ सय मिलिग्राम सुनसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडि सडकमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट पैदल आउँदै गरेका जैसीलाई बिस्कुट आकारको तीन थान बनाइ जुत्ताभित्र लुकाइ ल्याएको उक्त सुनसहित फेला पारी पक्राउ गरेको हो। 

उनलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय झापामा बुझाइएको छ। 

images


प्रकाशित : बिहीबार , जेठ ५ २०७९०६:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend