शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

अवैध सुनसहित एकजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ५ २०७९
अवैध सुनसहित एकजना पक्राउ

बिस्कुट आकारको तीन थान बनाइ जुत्ताभित्र लुकाइ ल्याएको उक्त सुनसहित फेला पारी पक्राउ गरेको हो। 

झापा- ३ सय ४९ ग्राम ७ सय मिलिग्राम अवैध सुनसहित एकजना पक्राउ परेका छन्। 

दमक नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-५ वतन भएका ३३ वर्षीय धिरेन्द्र जैसीलाई अवैध रुपमा लुकाई ल्याएको ३ सय ४९ ग्राम ७ सय मिलिग्राम सुनसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडि सडकमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट पैदल आउँदै गरेका जैसीलाई बिस्कुट आकारको तीन थान बनाइ जुत्ताभित्र लुकाइ ल्याएको उक्त सुनसहित फेला पारी पक्राउ गरेको हो। 

उनलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय झापामा बुझाइएको छ। 


प्रकाशित : बिहीबार , जेठ ५ २०७९०६:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend