शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

चौधरी फाउन्डेसनले कान्ति बाल अस्पतालमा बनायो २५ बेडको आकस्मिक वार्ड 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ४ २०७९
चौधरी फाउन्डेसनले कान्ति बाल अस्पतालमा बनायो २५ बेडको आकस्मिक वार्ड 

अत्याधुनिक उपकरणसहितको वार्ड बनाएर सेवालाई गुणस्तरीय बनाउन सहयोग गरिएको र यो नियमित काम भएको फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले बताए। 

काठमाडौं- चौधरी फाउन्डेसनले कान्ति बाल अस्पतालमा आकस्मिक वार्ड स्थापना गरेको छ। चौधरी समूहको कल्याणकारी संस्था फाउन्डेसनले कान्ति बाल अस्पतालमा २५ बेडसहितको आकस्मिक वार्ड बनाएर हस्तान्तरण गरेको हो। 

यसअघि अस्पतालमा रहेको वार्डमा थोरै बेडमात्र होइन पर्याप्त उपकरणसमेत नहुँदा सेवा प्रवाहको गुणस्तर खस्किएको थियो। फाउन्डेसनले आधुनिक र अत्यावश्यक सबै उपकरणसहितको वार्ड बनाएर हस्तान्तरण गरेको हो। 

1652929157468.jpg

अत्याधुनिक उपकरणसहितको वार्ड बनाएर सेवालाई गुणस्तरीय बनाउन सहयोग गरिएको र यो नियमित काम भएको फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले बताए। 

फाउन्डेसनले बालबालिकाको पोषण तथा स्वास्थ्यमा काम गर्ने भन्दै बलियो नेपाल अभियान पनि चलाइरहेको छ। 

1652929156539.jpg

प्रकाशित : बुधबार, जेठ ४ २०७९११:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend