शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

पूर्वाधारमा लगानी गर्न लगानी बोर्ड र नबिल बैंकबीच सहमति, २७ वटा परियोजनामा ८ खर्ब ३३ अर्ब लगानी आवश्यक

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ५ २०७९
पूर्वाधारमा लगानी गर्न लगानी बोर्ड र नबिल बैंकबीच सहमति, २७ वटा परियोजनामा ८ खर्ब ३३ अर्ब लगानी आवश्यक

लगानी बोर्डले १० वर्षमा २७ वटा परियोजनामा ८ खर्ब ३३ अर्ब लगानीको लागि स्वीकृति दिएको पनि बताएका छन्।

काठमाडौं- लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकासको लागि रणनीतिक योजनामा सम्झौता भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच बोर्ड र बैंकबीच सहमत पत्रमा हस्ताक्षर भएको हो।

पूर्वाधार विकासको लागि रणनीतिक योजना सहमति पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा नबिलका सीईओ शाहले बाबुराम भट्टराई २०६८ सालमा प्रधानमन्त्री बनेको बेला अर्थात १० वर्ष अगाडि लगानी बोर्ड स्थापना गर्न भिजन बनाएको बताए। उनले लगानीकर्तालाई एउटै ठाउँबाट सबै सेवा दिन योजना बनाएर पनि बोर्ड बस्ने अफिससमेत नपाएको अनुभव पनि सुनाए। 

तर अहिले यही बोर्डसँग पूर्वाधार निर्माणको लागि सहकार्य गर्न पाउँदा खुशी लागेको साहले बताए। उनले लगानी बोर्डले १० वर्षमा २७ वटा परियोजनामा ८ खर्ब ३३ अर्ब लगानीको लागि स्वीकृति दिएको पनि बताएका छन्। बोर्डले मुख्य रुपमा जलविद्युत्मा गरेको लगानी सफल भएकाले अब नेपालमा विद्युत उत्पादन बढाएर उत्पादित विद्युत भारतमा १०० मेगावाट बेच्न सकेमात्रै पनि अर्थतन्त्रको मुहार फेरिने दाबी गरे। 

पूर्वाधारमा लगानी नबिल बैंकले कुराले नभएर कामले गरेको सीईओ शाहले बताए। पूर्वाधार निर्माण गर्न ट्रेडिङ जस्तो आज ल्यायो भोलि बेच्यो नभएर पूर्वाधार निर्माण गर्न धैर्यता चाहिने समेत उनको भनाइ छ। नेपाललमा  उत्पादन भएको विद्युत १०० मेगावाट मात्रै भारतमा बेच्न सक्यौँ भने नेपालको अर्थतन्त्रको मुहार फेरिने समेत उनले बताए। त्यस्तै, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ठूला पूर्वाधार निर्माण नै देशको आर्थिक सामाजिक विकासको लागि मुख्य फाउण्डेशन भएको बताए। 

देशको आर्थिक सामाजिक विकासको लागि ठूला पूर्वाधार भनेको एउटा फाउण्डेशन भएको बताए। लगानी बोर्डमा कार्यान्वयन तहमा पुगेको ४ वटा परियोजनाहरुको अनुमानित लागत ३ खर्बको रहेको समेत उनको भनाइ छ। अधिकृत भट्टले लगानी बोर्डमा कार्यान्वयन तहमा पुगेको ४ वटा परियोजनाहरुको अनुमानित लागत ३ खर्बको रहेको बताए ।


प्रकाशित : बिहीबार , जेठ ५ २०७९०१:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend