शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

काठमाडौंबाट चीनको कुनमिङमा सिधा उडानको तयारी

चिनियाँ राजदूत यान्छीले भेटिन् गृहमन्त्री खाण

बुधबार, जेठ ४ २०७९
काठमाडौंबाट चीनको कुनमिङमा सिधा उडानको तयारी

राजदूत यान्छीले काठमाडौंबाट चीनको कुनमिङमा ३० मेबाट सिधा उडान गर्ने तयारी भएको जानकारी गराएकी थिइन्। 

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेकी छिन्। गृह मन्त्रालयमा भएको भेटमा उनीहरुका बीच दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो। 

साथै राजदूत यान्छीले काठमाडौंबाट चीनको कुनमिङमा ३० मेबाट सिधा उडान गर्ने तयारी भएको जानकारी गराएकी थिइन्। 

भेटमा गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सरकार अब बजेट निर्माणको प्रक्रियामा लागेको बताए।

चीनले शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि धन्यबाद दिँदै उनले आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरे। 

भेटमा राजदूत यान्छीले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका दिन आफू निर्वाचन भइरहेका विभिन्न स्थानमा अवलोकनका लागि गएको र त्यहाँ जनता उत्साहित भएर निर्वाचनमा भाग लिइरहेको देख्दा खुसी लागेको पनि बताइन्। 


प्रकाशित : बुधबार, जेठ ४ २०७९०८:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend