शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घट्यो

बुधबार, जेठ ४ २०७९
सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घट्यो

बुधबारका लागि चाँदीको मूल्य १२ सय ५० रुपैयाँ तोकिएको छ।

काठमाडौं- बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ। मंगलबार नेपाली बजारमा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधरबा तोलामा ९ सय रुपैयाँ घटेर ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदीको मूल्य १२ सय ५० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, जेठ ४ २०७९०५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend