शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सरकारले बढायो सार्वजनिक सवारीको भाडा, कहाँ कति बढ्यो? (सूचीसहित)

मंगलबार, जेठ ३ २०७९
सरकारले बढायो सार्वजनिक सवारीको भाडा, कहाँ कति बढ्यो? (सूचीसहित)

समायोजन भएको भाडा राष्ट्रियस्तरका रुटमा जेठ ४ अर्थात भोलीदेखि नै लागु हुनेछ।

काठमाडौं- सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सार्वजनिक सवारीको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ। 

विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशत भाडा बढाएको हो। त्यस्तै पहाडी बाटोमा गुड्ने मालबाहकमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको हो। 

नेपाल आयत निगमले चुनावको भोलिपल्टै अर्थात बैखाश ३१ गते इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको थियो। विभागले केही समयअघि इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो। 

समायोजन भएको भाडा राष्ट्रियस्तरका रुटमा जेठ ४ अर्थात भोलीदेखि नै लागु हुनेछ। 


प्रकाशित : मंगलबार, जेठ ३ २०७९११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend