शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

आक्रामक योजनासहित विद्युतीय कार उत्पादनमा जुट्यो मारुती सुजुकी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ३ २०७९
आक्रामक योजनासहित विद्युतीय कार उत्पादनमा जुट्यो मारुती सुजुकी

त्यस्तै सुजुकी मोटर कर्पोरेसनले पनि गुजरातमा रहेको प्लान्टमा विद्युतीय कार र ब्याट्री उत्पादन गर्न साढे १० हजार करोड भारु लगानी गर्ने बताएको छ।

काठमाडौं- विश्वका सबैजसो कार उत्पादक विद्युतीय कार उत्पादनमा केन्द्रित हुँदै गर्दा भारतको सबैभन्दा ठुलो कार उत्पादन मारुती सुजुकी मौनप्रायः थियो। तर अब भने मारुती सुजुकी विद्युतीय कार उत्पादनमा जुर्मुराएको छ। हरियाणामा विद्युतीय कार उत्पादन गर्न मारुती सुजुकीले ९ हजार एकर्ड जमितमा प्लान्त विस्तार गर्ने भएको छ। 

मारुती सुजुकी इन्डिया जापान र भारतको संयुक्त लगानी भएको कार उत्पादन कम्पनी हो। हरियाणाको प्लान्टमा विद्युतीय कार उत्पादन गर्न पहिलो चरणमा कम्पनीले ११ हजार करोड भारु लगानी गर्ने छ। उक्त प्लान्टबाट वार्षिक २ लाख ५० हजार कार उत्पादन गर्ने लक्ष्य कम्पनीले छ। 

त्यस्तै सुजुकी मोटर कर्पोरेसनले पनि गुजरातमा रहेको प्लान्टमा विद्युतीय कार र ब्याट्री उत्पादन गर्न साढे १० हजार करोड भारु लगानी गर्ने बताएको छ। कम्पनीले ब्याट्री उत्पादन फ्याक्ट्रीका लागि मात्र ७ हजार ३ सय करोड रुपैयाँ छुट्याइसकेको छ। 

सुजुकीले उत्पादन गर्ने पहिलो विद्युतीय कार कम्प्याक्ट एसयूयी हुनेछ। यो कार भारतसहित अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने लक्ष्य कम्पनीको छ। कम्पनीले ल्याउने विद्युतीय कार वाईवाई८ कोड नेममा उत्पादन थालिएको छ। यो कार हुन्डाई क्रटाकै आकारमा आयो भने यसको मूल्य करिब १३ देखि १५ लाख भारु हुने अनु्मान गरिएको छ। 

हाल भारतीय बजारमा टाटा नेक्सन इभी, एमजी जेडएस इभीलगायन विद्युतीय कार बिक्री भइरहेका छन्। सुजुकीले विद्युतीय कार ल्याउने समयसम्म अन्य धेरै प्रतिस्पर्धी बजारमा आइसक्ने छन्। 

सुजुकीको विद्युतीय कार नेपाली बजारमा पनि भारतमा सार्वजनिक भएलगत्तै आउने छन्। हाल नेपाली बाजरमा सुजुकीका कारको सबैभन्दा बलियो उपस्थिति छ। विद्युतीय कार बजारमा समेत नेपालमा धेरै कम्पनी प्रतिस्पर्धीका रुपमा आइसकेका छन्। सुजुकीले कस्तो विद्युतीय कार ल्याउने छ र कति मूल्यको ल्याउने छ भन्ने कुराले उसको पस्थिति निर्माधरण गर्ने छ। 


प्रकाशित : मंगलबार, जेठ ३ २०७९०८:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend