शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

रेनोको मस्को प्लान्ट राष्ट्रियकरण गर्दै रसिया, सोभियतकालीन कार उत्पादन गर्ने दाबी 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ३ २०७९
रेनोको मस्को प्लान्ट राष्ट्रियकरण गर्दै रसिया, सोभियतकालीन कार उत्पादन गर्ने दाबी 

नगर सरकारले नियन्त्रणमा लिएर सोभियत युनियनकालीन कार उत्पादन गर्ने उनको दाबी छ। 

काठमाडौं- फ्रेन्च कार उत्पादक कम्पनी रेनोले पछिल्लो तीन महिनादेखि रसियाको व्यापार स्थगन गरेको छ। रसियाले युक्रेनमा आक्रमण सुरु गरेपछि कयौं पश्चिमा कम्पनीसँगै रेनोले पनि रसिया छाडेको थियो। 

रेनोले व्यापार तथा उत्पादन स्थगन गरेपनि त्यहाँको फ्याक्ट्री तथा कर्मचारीको भविष्य के हुन्छ भन्ने प्रश्न उठिरहेको बेला रसियन सरकारले भने राष्ट्रियकरण गर्ने तयारी गरेको छ। 

युक्रेनमा आक्रमणपछि विदेशी कम्पनीको पहिलो राष्ट्रियकरणको तयारीमा रसिया रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समाचारहरु प्रकाशित भएका छन्। 

रसियाको मस्को सिटी गभर्मेन्टले रेनोको फ्याक्ट्री नियन्त्रणमा लिएर सोभियतकालीन कार उत्पादन गर्ने तयारी गरिरहेको गार्जियनले उल्लेख गरेको छ। रेनोले बाँकी रहेको सबै सम्पत्ति एक रसियन मुद्रामा बिक्री गर्ने तयारी  गरेको समाचार स्रोतहरुले दाबी गरेको गार्जियनले उल्लेख गरेको छ। 

यद्यपि रेनोका प्रमुख कार्यकारी अधिकृत लुसा डे मियोले भने कुटनीतिक जवाफ दिएका छन्। 'हामी कठिन अवस्थामा छौं। तर हाम्रा ४५ हजार कर्मचारीको भविष्य सुरक्षित बनाउन तथा भविष्यमा रसिया व्यापार सुरु गर्ने क्षमता निरन्तर गर्नका लागि पनि निर्णय गर्नैपर्ने अवस्थामा छौं' उनले स्टेटमेन्टमा उल्लेख गरेका छन्। 

मस्कोका मेयर सर्गोइ सोयानीनले भने कर्मचारीको रोजगारीको निरन्तरताका लागि यस्तो कदम लिन खोजिएका बताएका छन्। 'उनीहरुले मस्कोको रेनल्ट प्लान्ट बन्द गर्ने निर्ण गरेका छन्। यो उनीहरुको अधिकार पनि हो यसमा हामी केही भन्दैनौं तर हामी हजारौं कामदारलाई बेरोजगार राख्न सक्दैनौं' उनले भनेका छन्। 

macwo.webp

नगर सरकारले नियन्त्रणमा लिएर सोभियत युनियनकालीन कार उत्पादन गर्ने उनको दाबी छ। 

'प्लान्ट नियन्त्रणमा लिएर उत्पादन गर्ने गर्ने निष्कर्मा म पुगेको छु। यसबाट ऐतिहासिक मोस्कोभिच ब्रान्डमा प्यासेन्जर कार उत्पादन गरिनेछ। यो प्लान्टमा पहिलेका अधिकांश कामदार निरन्तर हुनेछन्' उनले भनेका छन्। 

पछिल्लो समय रसिया सोभियतकालीन अवस्थामै फर्किन खोजेको आरोप लाग्दै आएको छ। संसारसँग एक्लिएर नियन्त्रित राजनीतिक व्यवस्था चलाइरहेको आरोप खेपिरहेका रसियन राष्ट्रपति पुटिन सरकारले विदेशी कम्पनी राष्ट्रियकरण गर्न खोजेका छन्।


प्रकाशित : मंगलबार, जेठ ३ २०७९०६:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend