आइतबार, असोज ६ गते २०८१    
images
images

एसडीआर बास्केटमा बढ्यो चिनियाँ मुद्राको भार 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १ २०७९
images
images
एसडीआर बास्केटमा बढ्यो चिनियाँ मुद्राको भार 

कोषले जारी गरेको विज्ञप्तिमा चिनियाँ मुद्राको भार १.३६ प्रतिशत विन्दुले बढेर १२.२८ प्रतिशत पुगेको छ। कोषको यो निर्णय अगष्ट १, २०२२ देखि लागू हुने छ। 

images
images

काठमाडौं- स्पेसल ड्रइङ राइट(एसडीआर) बास्केटमा चिनियाँ मुद्राको भार बढेको छ। 

images
images
images

प्रत्येक पाँच वर्षमा बास्केट भार समीक्षा गर्दै आएको अन्तर्राष्ट्रिय मुद्रा कोषले चिनियाँ मुद्राको भार बढाएको हो। 

कोषले जारी गरेको विज्ञप्तिमा चिनियाँ मुद्राको भार १.३६ प्रतिशत विन्दुले बढेर १२.२८ प्रतिशत पुगेको छ। कोषको यो निर्णय अगष्ट १, २०२२ देखि लागू हुने छ। 

एसडीआर बास्केटमा सबैभन्दा धेरै अमेरिकी डलरको भार रहेको छ। अमेरिकी डलरको ४१.७३ प्रतिशत भार रहेको छ। दोस्रोमा युरो मुद्रा छ। युरो मुद्राको भार २९.३१ प्रतिशत छ। यो वर्ष युरोको भार घटेको छ। जापनिज येनको भार ७.४४ प्रतिशत र पाउन्ड स्ट्रलिङ ७.५९ प्रतिशत छ। 

images

चीनले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा चिनियाँ मुद्राको प्रचलन बढाउन खोजिरहेको छ। यद्यपि अमेरिकी डलरको दबदबाबीचमा राम्रो प्रदर्शन गर्न सकेको छैन। 


प्रकाशित : आइतबार, जेठ १ २०७९०९:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend