शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

एसडीआर बास्केटमा बढ्यो चिनियाँ मुद्राको भार 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १ २०७९
एसडीआर बास्केटमा बढ्यो चिनियाँ मुद्राको भार 

कोषले जारी गरेको विज्ञप्तिमा चिनियाँ मुद्राको भार १.३६ प्रतिशत विन्दुले बढेर १२.२८ प्रतिशत पुगेको छ। कोषको यो निर्णय अगष्ट १, २०२२ देखि लागू हुने छ। 

काठमाडौं- स्पेसल ड्रइङ राइट(एसडीआर) बास्केटमा चिनियाँ मुद्राको भार बढेको छ। 

प्रत्येक पाँच वर्षमा बास्केट भार समीक्षा गर्दै आएको अन्तर्राष्ट्रिय मुद्रा कोषले चिनियाँ मुद्राको भार बढाएको हो। 

कोषले जारी गरेको विज्ञप्तिमा चिनियाँ मुद्राको भार १.३६ प्रतिशत विन्दुले बढेर १२.२८ प्रतिशत पुगेको छ। कोषको यो निर्णय अगष्ट १, २०२२ देखि लागू हुने छ। 

एसडीआर बास्केटमा सबैभन्दा धेरै अमेरिकी डलरको भार रहेको छ। अमेरिकी डलरको ४१.७३ प्रतिशत भार रहेको छ। दोस्रोमा युरो मुद्रा छ। युरो मुद्राको भार २९.३१ प्रतिशत छ। यो वर्ष युरोको भार घटेको छ। जापनिज येनको भार ७.४४ प्रतिशत र पाउन्ड स्ट्रलिङ ७.५९ प्रतिशत छ। 

चीनले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा चिनियाँ मुद्राको प्रचलन बढाउन खोजिरहेको छ। यद्यपि अमेरिकी डलरको दबदबाबीचमा राम्रो प्रदर्शन गर्न सकेको छैन। 


प्रकाशित : आइतबार, जेठ १ २०७९०९:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend