आइतबार, असोज ६ गते २०८१    
images
images

शैक्षिक-सांस्कृतिक सम्बन्ध सुदृढ तुल्याउन नेपाल र भारतबीच पाँचवटा समझदारी हुँदै

images
आइतबार, जेठ १ २०७९
images
images
शैक्षिक-सांस्कृतिक सम्बन्ध सुदृढ तुल्याउन नेपाल र भारतबीच पाँचवटा समझदारी हुँदै

भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक-एकवटा तथा काठमाडौं विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर गर्न लागेको हो।

images
images

लुम्बिनी- नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी हुने भएको छ।

images
images
images

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भोलि सोमबार यहाँ पाँचवटा समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो। भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक-एकवटा तथा काठमाडौं विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर गर्न लागेको हो।

लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसिसीआर), त्रिभुवन विश्वविद्यालय नेपाल तथा एसियाली अध्ययन केन्द्र (सीनास) र आइसीसीआर, काठमाडौं विश्वविद्यालय र आइसीसीआर, सोही विश्वविद्यालय र चेन्नइस्थि भारतीय प्रविधि प्रतिष्ठानसँग अन्य दुईवटा सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, जेठ १ २०७९०५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend