शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

चुनावको भोलीपल्टै बढाइयो इन्धनको मूल्य, कुनमा कति?

शनिबार, वैशाख ३१ २०७९
चुनावको भोलीपल्टै बढाइयो इन्धनको मूल्य, कुनमा कति?

काठमाडौं- नेपाल आयन निगमले चुनावको भोलीपल्टै इन्धनको मूल्य बढाएको छ। शनिबार राति १२ बजेदेखि लागु हुने गरि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो।

निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएको हो। अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

निर्वाचनका कारण नबढाइएको इन्धनको मूल्य निगमको सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुने गरि बढाउने निर्णय गरेको हो।

 


प्रकाशित : शनिबार, वैशाख ३१ २०७९१४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend