शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

प्रधानमन्त्री देउवाले मतदान गरेको वडामा कांग्रेस पराजित 

शनिबार, वैशाख ३१ २०७९
प्रधानमन्त्री देउवाले मतदान गरेको वडामा कांग्रेस पराजित 

कांग्रेस बीपीका भण्डारीले ६७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरेका थिए।

काठमाडाैं- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै कांग्रेस उम्मेदवार पराजित भएका हुन्। डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका चन्द्रबहादुर देउवालाई नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारीले हराएका हुन्।

कांग्रेस बीपीका भण्डारीले ६७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरेका थिए।

प्रधानमन्त्री देउवाले निर्वाचनको केही दिनअघि नै गन्यापधुरा पुगेर यही वडामा मतदान गरेका थिए। डडेलधुरामा पूर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले देउवासँग असन्तुष्टि जनाउँदै नेकपा एमालेसँग तालमेल गरेर कांग्रेस बीपीको चुनाव चिन्हमार्फत् उम्मेदवारी दिएको थियो।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन्। पछिल्लो परिणामअनुसार कांग्रेसका इन्द्रबहादुर कार्कीले १०३२ मत पाएका छन् भने कांग्रेस बीपीका सुरेन्द्रबहादुर मालीले ४९९ मत पाएका छन्। त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी ज्ञानुकुमारी सेटीले ९८९ मत पाएकी छिन् भने एमालेका इन्द्रबहादुर महराले ५०२ मत पाएका छन्। 


प्रकाशित : शनिबार, वैशाख ३१ २०७९११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend