शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

स्थानीय तह निर्वाचनको मतगणना जारी, ९ पालिकाको परिणाम

शनिबार, वैशाख ३१ २०७९
स्थानीय तह निर्वाचनको मतगणना जारी, ९ पालिकाको परिणाम

हालसम्म भएको मतगणना अनुसार ९ स्थानीय तहको परिणाम आएको छ।

काठमाडौं (बैशाख, ३१)- शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ। देशभर एकैसाथ सम्पन्न निर्वाचनमा छिटपुट स्थान बाहेक शान्तिपूर्ण रुपमा भएको हो। निर्वाचन सकिएलगत्तै  शुक्रबार रातिबाटै स्थानमा मतगणना सुरु भइसकेको छ। 

६ वटा महानगरपालिका सहित ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधि छान्न निर्वाचन भएको हो। हालसम्म भएको मतगणना अनुसार ९ स्थानीय तहको परिणाम आएको छ। त्यस मध्ये नेकपा एमालेले ४ वटा पालिका, नेपाली कांग्रेसले ३ वटा पालिका र नेकपा समाजवादीले २ वटा मालिकामा जित हासिल गरेका छन्। 

अन्य दलहरुले पालिका प्रमुखमा खाता खोल्न सकेका छैनन्। त्यसै गरि धेरैको चासो रहेको काठमाडौं महानगरपालिकाको पनि मत गणना शनिबार बिहानबाट सुरु भएको हो।

जसअनुसार प्रारम्भिक परिणाममा स्वतन्त्र उमेद्वार बालेन शाहले अग्रता लिएका छन् भने उनलाई नेपाली कांग्रेसकी उमेद्वार सृजना सिंहले पछ्याइ रहेकी छन्। एमालेमा मेयर पदका उमेद्वार केशव स्थापित तेस्रो स्थानमा रहेका छन्।  


प्रकाशित : शनिबार, वैशाख ३१ २०७९०९:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend