शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगायो

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख ३१ २०७९
भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगायो

भारत संसारकै दोस्रो ठूलो गहुँ उत्पादक देश हो। चीनपछि भारतले धेरै गहुँ उत्पादन गर्छ।  भारत र चीनले गहुँको उत्पादन धेरै गर्दा पनि खपत आफै गर्छन्। 

काठमाडौं- भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ। 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा गहुँको उत्पादन न्यून भएको तर माग बढी हुँदा मूल्यमा उछाल आइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा गहुँको माग अत्याधि भएर निर्यात धेरै हुँदा अन्तत: आफ्नै देशको खाद्य सुरक्षामा चुनौति थपिनसक्ने भन्दै भारत सरकारले गहुँ निर्यातमा रोक लगाएको हो। 

गहुँको निर्यातमा रोक लगाएपनि कुनै देशले अनुरोध गरेमा भारत सरकारले अनुमति दिएको अवस्थामा निर्यात गर्न पाइने छ। 

भारत संसारकै दोस्रो ठूलो गहुँ उत्पादक देश हो। चीनपछि भारतले धेरै गहुँ उत्पादन गर्छ।  भारत र चीनले गहुँको उत्पादन धेरै गर्दा पनि खपत आफै गर्छन्। 

गहुँको निर्यात धेरै गर्ने देश रसिया र पाँचौ ठूलो गहुँ निर्यातक देश युक्रेन अहिले युद्धमा छन्। संसारमै धेरै गहुँ निर्यात गर्ने दुई देशमा युद्ध हुँदा त्यसको असर अरु देशको खाद्य सुरक्षामा पर्ने देखिएको छ। 

wheat.jpg
undefined


प्रकाशित : शनिबार, वैशाख ३१ २०७९०४:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend