शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

२०२५ पछि टेस्लाले भन्दा धेरै विद्युतीय कार बिक्री गर्ने फक्सवागन सीईओको जिकिर

शुक्रबार, वैशाख ३० २०७९
२०२५ पछि टेस्लाले भन्दा धेरै विद्युतीय कार बिक्री गर्ने फक्सवागन सीईओको जिकिर

विश्वका धेरै देशहरुले समयसीमा नै तोकेर विद्युतीय कारमात्र बिक्री गर्ने बताइसकेका छन्। यस्तोमा विद्युतीय कारको बिक्री त बढ्ने नै छ।

काठमाडौं- इन्टरनल कम्पस्चन इन्जिनयुक्त कार उत्पादनमा ख्याति कमाएको जर्मन ब्रान्ड फक्सवानगनले विद्युतीय कार उत्पादनलाई समेत उच्च प्राथमिकता दिएको छ। जर्मनीसँगै चीन तथा अमेरिकालगायत मुलुकमा विद्युतीय कार उत्पादन गर्न कम्पनीले लगानी बढाइरहेको छ। 

यस्तैमा फक्सवागनमा सीईओ हरबर्ट डिसले २०२५ पछि चर्चित अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले भन्दा धेरै कार बिक्री गर्दै बताएका छन्। विश्वका धेरै देशहरुले समयसीमा नै तोकेर विद्युतीय कारमात्र बिक्री गर्ने बताइसकेका छन्। यस्तोमा विद्युतीय कारको बिक्री त बढ्ने नै छ। तर हालसम्मको विद्युतीय कार बजारमा एकछत्र जस्तै राज गरेको टेस्लालाई साँचै फक्सवागनले पछि पार्न सक्छ?, त भन्ने प्रश्न समेत उठेको छ। 

टेस्लालाई पक्ष्याएर, युरोपेली मुलुकहरुले आइसी इन्जिनमा प्रतिबन्ध गर्न तोकेको समय, अन्य देशहरुमा समेत विद्युतीय सवारी प्रति बढ्दो आकर्षण र नीतिगत स्पष्टताले फक्सवागनका सीईओलाई उक्त अभिव्यक्ति दिन बल मिलेको हुनुपर्छ। यी सबै कुरालाई आधार मानेर फक्सवागन २०२५ पछि विश्वको ठूलो विद्युतीय कार उत्पादक बन्ने डिसले बताएको इलेक्ट्रिक डटकमले लेखेको छ। 

टेस्लाले विद्युतीय कार उत्पादन गर्न विश्वभर प्लान्ट विस्तार गरिरहेको छ। अमेरिकामै दोस्रो कार प्लान्ट बनाइरहेको टेस्लाका चीन तथा जर्मनीका प्लान्टबाट कार उत्पादन भइरहेका छन्। त्यस्तै टेस्लाका सीईओ मस्कले भारतले आफ्नो प्रस्ताव नमान्ने देखिएपनि इन्डोनेसियामा प्लान्ट स्थापना गर्ने सम्भाव्यता अध्ययन गरिरहेका छन्। 

२०२५ पछि टेस्लाले वार्षिक ४० लाख कार उत्पादन गर्ने योजना बनाएको छ। २०२१ मा टेस्लाले करिब १० लाख विद्युतीय कार बिक्री गरेको थियो। यता फक्सवागनले भने गत वर्ष ४ लाख विद्युतीय कार बिक्री गरेको थियो। ४ लाखबाट ३ वर्षमा ४० लाख विद्युतीय कार बिक्री गर्ने कुरा निक्कै कठीनपूर्ण भने छ।


प्रकाशित : शुक्रबार, वैशाख ३० २०७९०८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend