शनिबार, वैशाख ८ गते २०८१    
images
images

अर्थतन्त्र कमजोर भएको भन्दै बंगलादेशमा सरकारी अधिकारीहरूको विदेश भ्रमणमा रोक

images
बिजनेस न्युज
images
अर्थतन्त्र कमजोर भएको भन्दै बंगलादेशमा सरकारी अधिकारीहरूको विदेश भ्रमणमा रोक

अर्थ मन्त्रालयले बिहीबार एक सूचना प्रकाशन गरेर यहाँका सरकारी भ्रमणहरु सबै प्रकारका हाललाई रोकिएको जनाएको छ।

images
images

३० बैशाख (रासस/सिन्ह्वा) : बंगलादेश सरकारले यहाँका सबै सरकारी अधिकारीहरूलाई विदेश भ्रमणमा रोक लगाएको छ। कोभिडपछि यहाँको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै यहाँको विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको छ।

images
images
images

यहाँको सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रमहरु ल्याएको जनाएको छ। ती कार्यक्रमहरुमा सहयोग गर्न सबै सरकारी अधिकारीहरुलाई यहाँको अर्थ मन्त्रालयले आग्रह पनि गरेको छ।

images

अर्थ मन्त्रालयले बिहीबार एक सूचना प्रकाशन गरेर यहाँका सरकारी भ्रमणहरु सबै प्रकारका हाललाई रोकिएको जनाएको छ।

images

यहाँको केन्द्रीय बैंकले बंगलादेशमा विलासिताका र अत्यावश्यक बाहेकका वस्तुहरु आयातमा पनि रोक लगाएको छ। यहाँको केन्द्रीय बैंकले आर्थिक सुधार र मितव्ययीता सम्बन्धी कार्यक्रमहरु ल्याएको थियो। सो कार्यक्रममा सरकारी अधिकारीहरुले गर्ने विदेश भ्रमणका साथै विलासिताका सामानहरुको आयातमा रोक लगाइएको छ।

images
images

यहाँको सरकारले वैदेशिक मुद्राको सञ्चिती घट्दै गएको भन्दै यहाँ खाद्यान्न सहितको अत्यावश्यक बाहेकका अरु सामानहरुको आयातमा रोक लगाइएको बताइएको छ। 

images

प्रकाशित : शुक्रबार, वैशाख ३० २०७९०५:५७
प्रतिक्रिया दिनुहोस