शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

अर्थतन्त्र कमजोर भएको भन्दै बंगलादेशमा सरकारी अधिकारीहरूको विदेश भ्रमणमा रोक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ३० २०७९
अर्थतन्त्र कमजोर भएको भन्दै बंगलादेशमा सरकारी अधिकारीहरूको विदेश भ्रमणमा रोक

अर्थ मन्त्रालयले बिहीबार एक सूचना प्रकाशन गरेर यहाँका सरकारी भ्रमणहरु सबै प्रकारका हाललाई रोकिएको जनाएको छ।

३० बैशाख (रासस/सिन्ह्वा) : बंगलादेश सरकारले यहाँका सबै सरकारी अधिकारीहरूलाई विदेश भ्रमणमा रोक लगाएको छ। कोभिडपछि यहाँको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै यहाँको विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको छ।

यहाँको सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रमहरु ल्याएको जनाएको छ। ती कार्यक्रमहरुमा सहयोग गर्न सबै सरकारी अधिकारीहरुलाई यहाँको अर्थ मन्त्रालयले आग्रह पनि गरेको छ।

अर्थ मन्त्रालयले बिहीबार एक सूचना प्रकाशन गरेर यहाँका सरकारी भ्रमणहरु सबै प्रकारका हाललाई रोकिएको जनाएको छ।

यहाँको केन्द्रीय बैंकले बंगलादेशमा विलासिताका र अत्यावश्यक बाहेकका वस्तुहरु आयातमा पनि रोक लगाएको छ। यहाँको केन्द्रीय बैंकले आर्थिक सुधार र मितव्ययीता सम्बन्धी कार्यक्रमहरु ल्याएको थियो। सो कार्यक्रममा सरकारी अधिकारीहरुले गर्ने विदेश भ्रमणका साथै विलासिताका सामानहरुको आयातमा रोक लगाइएको छ।

यहाँको सरकारले वैदेशिक मुद्राको सञ्चिती घट्दै गएको भन्दै यहाँ खाद्यान्न सहितको अत्यावश्यक बाहेकका अरु सामानहरुको आयातमा रोक लगाइएको बताइएको छ। 


प्रकाशित : शुक्रबार, वैशाख ३० २०७९०५:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend