शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

अखाद्य वस्तु र दूषित पिउने पानी बिक्री गरेका ६४ उद्योगलाई कारबाही गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २९ २०७९
अखाद्य वस्तु र दूषित पिउने पानी बिक्री गरेका ६४ उद्योगलाई कारबाही गरिँदै

लेवल नराखी बिक्री वितरणमा ल्याइएका १९ र अखाद्य बस्तु उत्पादन गरेका ४५ उद्योगलाई कालोबजारी ऐन २०३२ ले  हदैसम्मको कारबाही अन्तर्गत १० वर्षसम्म कैद र जरिवाना तोकेको छ। 

काठमाडौं- विभिन्न प्रकारका अखाद्य र दूषित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरको अभियोगमा ६४ उद्योगलाई कानूनी कारबाही गरिने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले ती उद्योगलाई कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा मुद्दा दर्ता गरिसकेको छ। 

चालु आर्थिक वर्षको नौ महिनाको आवधिमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्य बस्तु उत्पादन गरेको अभियोगमा उनीहरुलाई कालोबजारी ऐनअनुसार कानूनी कारबाही हुने विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले राससलाई जानकारी दिए।

लेवल नराखी बिक्री वितरणमा ल्याइएका १९ र अखाद्य बस्तु उत्पादन गरेका ४५ उद्योगलाई कालोबजारी ऐन २०३२ ले  हदैसम्मको कारबाही अन्तर्गत १० वर्षसम्म कैद र जरिवाना तोकेको छ। 

महर्जनका अनुसार विभिन्न शीर्षकमा भइरहेको र अखाद्य बस्तु उत्पादन गर्ने, दालमोठ, मिट मसला, सब्जी मसला, मिक्स मसला, मसलाजन्य बस्तु जिराको धुलो, मुसुराको दाल, घ्यू, दूध तथा दुग्धजन्य पदार्थ, आयातित तोरीको तेल, प्रशोधित पिउने पानी, स्टिम नुडल्स्, जिराको धुलो, चियालगायतको धुलो उद्योगलाई कारबाही गरिने भएको हो। रासस


प्रकाशित : बिहीबार , वैशाख २९ २०७९०६:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend