शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

काठमाडौंबाट ६ विमानस्थलमा रात्रिकालीन उडान गर्दै बुद्ध एयर, भाडा सस्तो हुने 

राति काठमाडौं आउने यात्रुका लागि टुटल मार्फत सहुलियत सेवा दिने घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २९ २०७९
काठमाडौंबाट ६ विमानस्थलमा रात्रिकालीन उडान गर्दै बुद्ध एयर, भाडा सस्तो हुने 

बाहिरका विमानस्थलबाट काठमाडौं आउने यात्रुका लागि भने बुद्धले राइड सेयरिङ सेवाप्रदायक टुटलसँग सहकार्य गर्ने भएको छ। टुटलसँगको सहकार्यमा रात्रिकालीन उडानबाट आएका यात्रुलाई सहुलियत भाडामा सेवा दिने व्यवस्था मिलाउने बुद्धले जानकारी दिएको छ। 

काठमाडौं- बुद्ध एयरले रात्रिकालीन उडान गर्ने भएको छ। हालसम्म रात्रिकालीन नभनिएपनि रातिको समयमा उडान हुँदै आएको छ। अबदेखि भने रात्रिकालीन उडान सुविधा भएका विमानस्थलमा नियमित उडान गर्ने बुद्धले घोषणा गरेको छ। 


नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन उडान अवतरण सुविधा भएका विमानस्थलहरु १८ घण्टा खुला राख्ने निर्णय गरेको थियो। यो निर्णय स्वागतयोग्य रहेको बुद्धले विज्ञप्ति मार्फत् प्रतिक्रिया दिएको छ। 

बुद्धले मे १५ देखि  काठमाडौंदेखि  जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा उडान गर्ने भएको छ। रात्रिकालीन उडान राति ८ बजेपछि हुने छन्। 

दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालिन उडान निकै आकर्षक हुने बुध्द एयरले  विज्ञप्तिमार्फत जनाएको छ । रात्रिकालिन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने एयरलाइन्सको विश्वास छ। 

रात्रिकालिन उडान हुने गन्तव्यहरुमा स्थानीय यातायतको समस्या हुनसक्ने भन्दै त्यसको व्यवस्था गर्नुपर्ने बुद्धले आग्रह गरेको छ। 

'प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको सुविधाको लागि अनुरोध गरेको छ । यात्रुहरुको थप आउजाउले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने विश्वास बुध्द एयरले लिएको छ' विज्ञप्तिमा उल्लेख गरिएको छ। 

बाहिरका विमानस्थलबाट काठमाडौं आउने यात्रुका लागि भने बुद्धले राइड सेयरिङ सेवाप्रदायक टुटलसँग सहकार्य गर्ने भएको छ। टुटलसँगको सहकार्यमा रात्रिकालीन उडानबाट आएका यात्रुलाई सहुलियत भाडामा सेवा दिने व्यवस्था मिलाउने बुद्धले जानकारी दिएको छ। 

 


प्रकाशित : बिहीबार , वैशाख २९ २०७९०५:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend