शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

चार्जिङ स्टेसन बिनै विमानस्थलमा विद्युतीय बस

images
बिजनेस न्युज
images
images
चार्जिङ स्टेसन बिनै विमानस्थलमा विद्युतीय बस

प्राधिकरणले ६ महिना अगाडि नै विमानस्थलमा चल्ने सवारी थप गर्दा विद्युतीय बस हुने पर्ने गरी निर्णय गरेको थियो। तर, अहिलेसम्म प्राधिकरणले विमानस्थलमा विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउने तर्फ कुनै ध्यान दिएको छैन्।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ थप हुने सवारी विद्युतीय मात्रै हुनुपर्ने नियम लागु गरेको छ।

images
images
images

तर, नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले अहिलेसम्म विमानस्थलमा विद्युतीय सवारी चार्ज गर्ने चार्जिङ स्टेसन बनाएको छैन।

images

प्राधिकरणले ६ महिना अगाडि नै विमानस्थलमा चल्ने सवारी थप गर्दा विद्युतीय बस हुने पर्ने गरी निर्णय गरेको थियो। तर, अहिलेसम्म प्राधिकरणले विमानस्थलमा विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउने तर्फ कुनै ध्यान दिएको छैन।

images

अहिले विमानस्थलमा यात्रु ओसार्नका लागि असोज १ गतेबाट आन्तरिक उडानमा फर्केको गुण एयरलाइन्सले २ वटा विद्युतीय बस सञ्चालनमा ल्याइसकेको छ।

images
images

यसैगरी, केही समय अगाडि बाट नै यती एयरलाइन्सले भिभिआइपी र भिआइपी यात्रु ओसार्नका लागि एउटा विद्युतीय भ्यान र कर्मचारी ल्याउन लैजानका लागि २ वटा विद्युतीय कार सञ्चालनमा ल्याएको थियो।

प्राधिकरणले विद्युतीय चार्जिङ स्टेसन नबनाएपछि  एयरलाइन्स कम्पनीहरूले अहिले आफै चार्जिङ स्टेसन बनाएर सवारी चार्ज गर्दै आएका छन्।

चार्जिङ स्टेसन निर्माणका लागि प्रारम्भिक रुपमा मात्रै छलफल थालेको विमानस्थल कार्यालयका प्रमुख प्रतापबाबु तिवारी बताउँछन्।

अहिले आन्तरिक उडानमा सबै एयरलाइन्सले जहाजसम्म आफै यात्रु लैजाने र ल्याउने गरेको छन्। यसलाई कुनै एउटा कम्पनी मार्फत काम गराउँदै त्यही कम्पनी मार्फत चार्जिङ स्टेसन बनाउने कि भन्ने विषय छलफल सुरु भएको उनको भनाइ छ। तर, यो विषय छलफलमै रहेको उनको तर्क छ।

प्राधिकरणले यस विषयमा अहिले एयरलाइन्स कम्पनीहरूसँग पनि छलफल गरिरहेको उनको तर्क छ। अन्तर्राष्ट्रिय उडानमा भने नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङको काम गरेको हुँदा चार्जिङ स्टेसन पनि सोहीबाट गराउने सकिने उनको भनाइ छ।

एयरलाइन्स कम्पनीहरूले भने विद्युतीय सवारीमा जानु पर्ने निर्णय गर्ने प्राधिकरणले नै चार्जिङ स्टेसन निर्माण गरिदिनु पर्ने बताएका छन्।

सबै एयरलाइन्स कम्पनीले आफू खुसी चार्जिङ स्टेसन बनाउँदा विमानस्थलमा ठाउँको अभाव पनि हुने र पावर सप्लाईमा पनि समस्या पर्ने एयरलाइन्स कम्पनीहरूको भनाइ छ।

images

प्रकाशित : बुधबार, असोज ६ २०७८१०:४३
प्रतिक्रिया दिनुहोस