शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

कृषि जैविक विविधता जोगाउन ३ सय बालीका १८ हजारभन्दा बढी जात संरक्षण

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २८ २०७९
कृषि जैविक विविधता जोगाउन ३ सय बालीका १८ हजारभन्दा बढी जात संरक्षण

धान, मकै, गहुँ तथा आलुमा बढी उत्पादन दिने, जलवायु परिवर्तन अनकुलन, रोग, किरा अवरोधक विभिन्न नयाँ जातको बालीको विकास गरिएको

काठमाडौं- नेपाल कृषि अनुसन्धान परिषद्ले कृषि जैविक विविधतालाई संरक्षण गर्न हालसम्म ३ सय बालीका १८ हजारभन्दा बढी जातलाई संरक्षण गरेको छ। धान, मकै, गहुँलगायत बाली संरक्षण गरेको परिषद्ले रैथाने बालीको संरक्षण, संवर्द्धन, उपयोग तथा जातीय विकास गर्ने नीति अवलम्बन गरेको छ।

बढ्दो खाद्यान्न तथा कृषिजन्य वस्तुको आयात र खाद्यन्न सुरक्षाका दृष्टिकोणले खाद्यान्न बालीको अनुसन्धानलाई प्राथमिकतामा राख्दै धान, मकै, गहुँ तथा आलुमा बढी उत्पादन दिने, जलवायु परिवर्तन अनकुलन, रोग, किरा अवरोधक विभिन्न नयाँ जातको बालीको विकास गरिएको परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारीले जानकारी दिए।

धान, मकै र गहुँको क्षेत्रफल क्रमशः २६ र १९ प्रतिशतले वृद्धि भएको छ भने यी बालीको उत्पादनमा क्रमशः ६०, १२० र १४० प्रतिशतले वृद्धि भएको परिषद्ले जनाएको छ। मुलुकमा खेती गहुँको कूल क्षेत्रफलको ९४ प्रतिशत क्षेत्रफलमा परिषद्बाट विकसित भएका जात लगाउने गरिन्छ। यो जातीय परिवर्तनले मात्र मुलुकलाई करिब वार्षिक १७ अर्ब रुपैयाँको आर्थिक योगदान पुग्ने विश्वास गरिएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख २८ २०७९०७:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend