काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएकोमा बुधबार १ हजार रुपैयाँ घटेर ९७ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।